back
CTIZAN AD

‘रेडपाण्डा’ संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन हुँदै

वि.सं.२०८१ भदौ १२ बुधवार

2.2K 

shares

फुङ्लिङ (ताप्लेजुङ) । रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ ।

म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ । यो रेडपाण्डाको मुख्य बासस्थान हो । फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दूरी पूरा हुनेछ । म्याराथनको तयारी सुरु भइसकेको जानकारी दिँदै संयोजक राईले यस कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

उक्त प्रतियोगिता रेडपाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको सहयोग रहने जनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २१ मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ । म्याराथनले रेडपाण्डा संरक्षणको महत्त्वबारे स्थानीय समुदायलाई थप जनचेतना गर्ने लक्ष्य राखेको छ ।

मञ्चका फिल्ड संयोजक सुष्मा डाँगीका अनुसार म्याराथनको उत्कृष्ट एकजना विजेताले रु एक लाख प्राप्त गर्नेछन् भने पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन् । महिलातर्फका विजेतालाई पनि त्रमशः रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गरिनेछ ।

साथै, विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने धावकले क्रमशः रु १५, १० र पाँच हजार प्राप्त गर्नेछन् । विदेशी धावकका लागि एक सय डलर दर्ता शुल्क राखिएको छभने नेपाली धावकका लागि रु तीन हजार शुल्क निर्धारण गरिएको छ । ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि दर्ता शुल्क रु एक हजार राखिएको छ ।

म्याराथन कार्यक्रमलाई सफल बनाउन रेडपाण्डा नेटवर्कले यस वर्ष रु १० लाख सहयोग गर्ने छभने फुङ्लिङ नगरपालिकाले रु पाँच लाख छुट्याएको छ । आयोजकका अनुसार यो म्याराथनले ताप्लेजुङलाई विश्वव्यापी संरक्षण र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेमा विश्वास रहेको ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए । रेडपाण्डाको प्राकृतिक बासस्थान संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्न यो अभियानकै रूपमा म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

वि.सं.२०८१ भदौ १२ बुधवार १०:०० मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...