back
CTIZAN AD

चालु आवको पहिलो महिनामै राजस्व सङ्कलनमा कमी

वि.सं.२०८१ भदौ १२ बुधवार

597 

shares

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट रु एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट रु ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट रु ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट रु १८ लाख ७८ हजार, व्यवसाय करबाट रु ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट रु पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा रु २५ लाख ६२ हजार कम राजस्व सङ्कलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले रु चार करोड ७५ लाख ७६ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी सङ्कलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।

यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०÷८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा रु ३४ करोड सात लाख ६४ हजार छ सय ४० राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट रु सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट रु छ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट रु दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट रु एक करोड छ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट रु पाँच लाख ८६ हजार, ढुङ्गागिट्टी बालुवा बिक्रीबाट रु ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत रु ८६ लाख ७३ हजार राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताए ।

वि.सं.२०८१ भदौ १२ बुधवार १०:३० मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...