back
CTIZAN AD

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पूर्णता पायो

वि.सं.२०८१ भदौ १२ बुधवार

894 

shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पूर्णता पाएको छ । १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन गरेपछि सहमतिबाट पदाधिकारी चयन गर्ने भनिएपनि सहमति जुट्न नसकेपछि मङ्गलवार पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन भएको थियो । पदाधिकारी निर्वाचनको परिणाम आइसकेको छ ।

एकीकृत समाजवादीले १०औँ महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानित नेतामा पुनः दोहोर्याएको थियो । उक्त समयमा बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुङ्ग्याउने घोषणा भएपनि लामोसम्म पूर्णता पाएको थिएन ।

मङ्गलवार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन् । सुरुमा मनोनयन दर्ता गरेपनि घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । निर्वाचनबाट महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । राईले एक सय ८९ मत पाउँदा प्रतिद्वन्द्वी रामकुमारी झाँक्रीले एक सय १२ मत ल्याएर पराजित भइन् ।

यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा डा. गङ्गालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । उपाध्यक्षमा तुलाधरले सबैभन्दा धेरै एक सय ८९ मत पाए । महिला र मधेसी समुदायको उपाध्यक्षमा दुई दुई जना र चार खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चार उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । उपमहासचिवमा चौधरीले प्रतिस्पर्धीमध्ये सबैभन्दा धेरै एक सय ५८ मत प्राप्त गरेका छन् ।

सचिवमा गणेशबहादुर विश्वकर्मा (दलित), बलदेव चौधरी (आदिवासी जनजाति), श्रीनाथ बराल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, सावित्राकुमारी भुसाल र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् । दलित सचिवमा र आदिवासी जनजाति सचिवमा तीन तीन जना र खुल्ला सचिवमा २६ जनाको उम्मेदवारी परेको थियो ।

खुल्ला सचिवमा सबैभन्दा धेरै कुँवरले एक सय ५३ मत प्राप्त गरेका छन् । सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी सचिव पदमा पराजित भएका छन् । उनले ५३ मत मात्रै पाएका छन् । निर्वाचनको परिणाम आएपनि औपचारिक घोषणा भने बाँकी छ ।

वि.सं.२०८१ भदौ १२ बुधवार ११:२५ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...