back
CTIZAN AD

भारतमा बाढीका कारण १५ को मृत्यु, २३  हजार बढी विस्थापित 

वि.सं.२०८१ भदौ १३ बिहीवार

873 

shares
नयाँदिल्ली । भारतमा मुसलधारे वर्षाका कारण आएको भीषण बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।
रिपोर्टअनुसार तटीय पश्चिमी राज्य गुजरातमा नदीहरूले किनारा भत्काउँदा २३ हजारभन्दा बढी मानिसलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ ।
बिजनेस स्ट्यान्डर्ड पत्रिकाले सोमबारदेखि राज्यका आठ जिल्लामा १५ जनाको मृत्यु भएको बताएको छ ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले सामाजिक सञ्जाल पोस्टमा मछुवाहरूलाई समुद्रमा यात्रा नगर्न सल्लाह दिएका छन् ।
मनसुनी वर्षाले हरेक वर्ष व्यापक विनाश निम्त्याउँछ । जलवायु परिवर्तनले मौसमको ढाँचालाई बदलिरहेको र चरम मौसमी घटनाहरूको सङ्ख्या बढिरहेको विज्ञहरूले बताएका छन् ।
उत्तरपूर्वी राज्य त्रिपुरामा गत हप्ता बाढी र पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
बङ्गलादेशमा भारी बाढीले कम्तीमा ४० जनाको मृत्यु भएको र करिब तीन लाख बासिन्दा आपत्कालीन आश्रयहरूमा शरण लिएका थिए । एएफपी

वि.सं.२०८१ भदौ १३ बिहीवार १०:१९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...