back
CTIZAN AD

साउदी अरेबियाले संयुक्त राष्ट्र ‘इन्टरनेट गभर्नेन्स फोरम’को आयोजना गर्ने 

वि.सं.२०८१ भदौ १३ बिहीवार

711 

shares
 रियाद । इन्टरनेट सुशासनमा सुधार गर्ने उद्देश्यका साथ साउदी अरेबियाले डिसेम्बर १५ देखि १९ सम्म रियादमा संयुक्त राष्ट्रसङ्घीय इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) को १९औँ संस्करण आयोजना गर्ने भएको छ ।
   ‘बिल्डिङ आवर मल्टिस्टेकहोल्डर डिजिटल फ्युचर’ विषयक पाँचदिने कार्यक्रममा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय वक्तासहित १६० देशका १० हजारभन्दा बढी सहभागी भेला हुनेछन् ।
आइजिएफको आधिकारिक वेबसाइटअनुसार सन् २००६ देखि आयोजित यस फोरमले डिजिटल अवसरलाई अधिकतम बनाउने र डिजिटल जोखिम र चुनौतीहरूको समाधान गर्ने साझा बुभाइलाई सुविधाजनक बनाउन समर्पित छ ।
   यस वर्षको फोरमले नवप्रवर्तन र जोखिम सन्तुलनका साथै डिजिटल युगमा मानव अधिकार र समावेशीकरणलाई अगाडि बढाउने, शान्ति, विकास र दिगोपनमा डिजिटल योगदान बढाउने र इन्टरनेटका लागि डिजिटल शासन सुधार गर्ने विषयमा केन्द्रित रहने वेबसाइटमा उल्लेख छ । सिन्ह्वा

वि.सं.२०८१ भदौ १३ बिहीवार १०:३७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...