back
CTIZAN AD

चाडपर्व मुखमा महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

वि.सं.२०८१ भदौ १३ बिहीवार

699 

shares

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । आजको बैठकमा सांसदहरुले चाडपर्व नजिकिएसँगै महँगी बढ्ने भन्दै बजार अनुगमन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले दलित भूमिहीन सुकुम्वासीको मुहारमा खुसी आउन नसकेको बताए । “मुलुकमा एक लाख ६० हजार भूमिहीन नागरिक छन्, भूिमहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने कानुन बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन”, उनले भने ।

सांसद अञ्जली श्रेष्ठले महिला हिंसाको घटना दिनप्रतिदिन बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । सांसद अनिसा नेपालीले बजेट ढिला निकासा हुँदा तोकिएका कार्यक्रम समयमा सम्पन्न गर्न नसकिने बताईन् । सांसद अनितादेवीले किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै कृषिजन्य वस्तुको बजार सुनिश्चित र बीमाको व्यवस्था हुनुपर्नेमा जोड दिईन ।

सांसद अर्जुननरसिंह केसीले हवाई दुर्घटना रोक्नका लागि आवश्यक पहल थाल्नुपर्ने सुझाव दिए । सांसद अस्माकुमारी चौधरीले गुठी ऐन समयमा ल्याउनुपर्नेमा जोड दिए । सांसद ईश्वरबहादुर रिजालले नेपाली भूमिको संरक्षण हुनुपर्ने बताईन् ।

सांसद उदयशमशेर जबराले कान्ति लोकपथको चापागाउँ–सुनाकोठीको केही स्थानमा बाटो साघुँरो भएकाले गाडी आततजावत गर्दा जाम हुने समस्या रहेको भन्दै उक्त क्षेत्रका बासिन्दा क्षतिपूर्ति लिएर घर भत्काउन सहमत भएकाले मुआब्जा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए ।

सांसद उर्मिला माझीले सत्ता पक्षले परिस्थितिलाई विद्यमान समस्या दीकालीन रुपमा समाधान गर्दै लैजानुपर्नेमा जोड दिईन् । सांसद ईश्वरी घर्तीले मुमुलका कतिपय स्थानमा हैजा फैलिरहेको भन्दै जनचेतनामार्फत हैजा व्यवस्थापन गर्नुपर्ने सुझाव दिईन् । सांसद एकनाथ ढकालले सार्क शिखर सम्मेलन गरी सार्कलाई सक्रिय बनाउन नेपालमा सम्मेलन आयोजना गर्न सरकारले पहल थाल्नुपर्ने बताए ।

सांसद कान्तिका सेजुवालले लैङ्गिक समनाताका लागि समसामयिक बहस गर्न जरुरी रहेको बताए । सांसद कालुराम राईले सडकका खाल्टा पुर्न र सडक सुधार गर्न सरकारलाई सुझाव दिए । सांसद किरणकुमार साहले संविधान संशोधन गरी समयसापेक्ष बनाउँदै जानुपर्ने बताए ।

श्ून्य समयमा सांसद गणेश पराजुलीले महँगी व्यवस्थापन गरेर आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । सांसद गोमालाल सापकोटाले वायु प्रदूषण नियन्त्रण गरी नागरिकको स्वस्थ रहने हक सुनिह्चित गर्नुपर्नेमा जोड दिईन् ।

सांसद गङ्गा कार्कीले नजिकिँदै गरेको चाडपर्वमा बढ्दो बजार भाउ नियन्त्रण गर्नुपर्ने सुझाव दिईन् । सांसद गङ्गाप्रसाद यादवले भ्रष्टचाार निन्त्रयण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

आजको बैठकमा सांसद गङ्गाराम चाौधरी, अम्मरबहादुर रायमाझी, डा चन्दा कार्की भण्डारी, डा चन्द्रकान्त भण्डारीले, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा (भोटे), छिरिङल्हामु लामा, जावेदा खातुन जागा र जुली कुमारी महतो (महासेठ) ले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

 

वि.सं.२०८१ भदौ १३ बिहीवार १५:५९ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...