back
CTIZAN AD

म्याग्दीमा मिना परियार हत्या प्रकरणः थप एक पक्राउ

वि.सं.२०८१ भदौ १३ बिहीवार

1.5K 

shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्नभएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ ।

सो घटनामा संलग्न चार जना यसअघि नै पक्राउ परेका र फरार रहेका श्यामलाई म्याग्दीबाट खटिएको टोलीले कास्की प्रहरीको सहयोगमा बुधबार पोखरामा पक्राउ गरेर ल्याएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

गत पुस १६ गते राति वेपत्ता भएकी परियारको शव गत साउन २७ गते बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा भेटिएको थियो ।

व्यक्ति बेपत्ता बनाएको कसुरमा २०८० माघ २३ गते पक्राउ परेका तोरीपानीका २५ वर्षीय राम खत्रीलाई म्याग्दी जिल्ला अदालतको गत फागुन १७ गतेको थुनछेक आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
छ महिनाको गर्भपतन गराउने विषयमा मिना र रामबीच म्यासेन्जरमा भएको कुराकानीको आधारमा किटानी जाहेरी दर्ता भएकै दिन रामलाई प्रहरीले पक्राउ गरेको थियो ।

गाडिएको अवस्थामा भेटिएको शव र सँगैका गहना तथा कपडा मिनाको भएको सनाखत गरेका परिवारले गत साउन ३० गते रामसहित उनकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । फरक÷फरक मितिमा पक्राउ परेका रेणु, विक्की र रोजनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

“पहिले व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको छ”, उनले भने, “मिनासँगको प्रेम सम्बन्ध स्वीकार गरेका मुख्य आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी बयान दिएका छन् ।”

चिकित्सकको शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानीलगायतका तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताए । उनका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुण समेत रहेको पुष्टी भएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

परियार हत्या घटनाको सत्यतथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो १५ दिनयता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ । बिहीबार संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आयोजनामा बेनी बजारमा भएको दबाब ¥यालीपछिको कोणसभाका वत्ताहरुले अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएर नियोजित रुपमा मिनाको हत्या गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।

 

 

वि.सं.२०८१ भदौ १३ बिहीवार २०:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...