back
CTIZAN AD

महालक्ष्मी र पायोनियर मोटोकर्पबीच समझदारी, निसान ब्रान्डको गाडी खदिर गर्न आकर्षक कर्जा दिदै बैंक

वि.सं.२०८१ भदौ १४ शुक्रवार

618 

shares

काठमाडौँ । महालक्ष्मीविकास बैंक र पायोनियर मोटो कर्प प्रा.लि. बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका अनुसार निसान ब्रान्डका गाडी खरिद गर्दा बैँकका ग्राहकलाई कर्जा दिने सम्बन्धमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैँकले जारी गरेको प्रेस विज्ञाप्तीमा उल्लेख भए अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुलाई बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने भएको हो । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुनकम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने विज्ञाप्तीमा जनाइएको छ ।

उक्त ब्राण्डको गाडी खरिद गर्नको लागि कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखाकार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सकिने छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घर दैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमाल्याउन प्रस्ताव समेत पारित भएको छ ।

क्युआर कोड ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार १५:१८ मा प्रकाशित

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...