back
CTIZAN AD

देउसी खेलेको रकमले आमा समूहको भवननिर्माण

वि.सं.२०८१ भदौ १४ शुक्रवार

633 

shares

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा देउसी भैलो खेलेर सङ्कलित रकम सामाजिक क्षेत्रमा लगानी गरिएको छ । रामपुर नगरपालिका–१० स्थित राहुडाँडाका चेतनशिल आमा समूहले गत वर्ष देउसी भैलो खेलेर सङ्कलन गरेको रकमले सामाजिक हितका लागि समूहको भवन निर्माणमा लगानी गरेका हुन् ।

समूहका लागि बैठक बस्न, विभिन्न गतिविधि सञ्चालन गर्न तथा सामान राख्न भवन आवश्यक परेकाले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमले भवन निर्माण गरिएको चेतनशिल आमा समूहका अध्यक्ष विष्णुमाया खाम्चाले बताईन् ।

“देउसी भैलोबाट उठेको रकम सही ठाउँमा लगाइएको छ, देउसी भैलोबाट सङ्कलित रकमले मात्रै भवन निर्माण सम्पन्न नहुने भए पछि भवन निर्माणमा रामपुर नगरपालिका, विभिन्न स्थानीय सङ्घसंस्थाको सहयोग रहेको छ”, उनिले भनिन् ।

कुल रु १६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । रामपुर नगरपालिकाको रु ६ लाख ५० हजार, चेतनशिल आमा समूहको रु ६ लाख २० हजार, बाबा समूहको रु एक लाख, सिर्जनशील युवा क्लवको रु २० हजार तथा स्थानीयको श्रमदानमा भवन निर्माण गरिएको निर्माण समितिका संयोजक भुवान सिं सिञ्जालीले जानकारी दिईन् ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हालै नवनिर्मित भवन उद्घाटन गर्दै जनतासँग जोडिएर सामाजिक क्षेत्रका काममा नगर सरकारले सहयोग गर्दै आएको बताईन् । जनताले राहत र सुविधा लिने कार्यमा नगर सरकारले कुनै पनि कन्जुस्याई नगरीकन काम गर्दै आएको उनी बताउँछन् ।

“स्थानीय सरकार जनताको आफ्नै सरकार हो भन्ने अपनत्व दिने गरी नगरपालिकाले काम गरिरहेको छ, स्थानीय सरकारबाट बनेका संरचनाको बेला–बेलामा अनुगमन गर्ने र आवश्यकताको आधारमा पूर्वाधार निर्माणमा वजेट विनियोजन गर्ने काम भइरहेको छ”, नगर प्रमुख थापाले भने ।

भवन निर्माण सम्पन्न भएपछि विभिन्न समूह, क्लब, टोल विकास संस्थालगायत विभिन्न संस्थाको बैठक बस्न, तालिम सञ्चालन गर्न, विभिन्न कार्यक्रम गर्न सजिलो भएको हुने छ ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार १६:४६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...