back
CTIZAN AD

विद्युत् सेवाबाट ५७ वडा वञ्चित

वि.सं.२०८१ भदौ १६ आइतवार

861 

shares

बाजुरा । बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ । विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो ।

हालै नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यहाँका नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन् । तीन पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ ।

सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिका-६ वडा, बुढीगङ्गामा तीन वडा र खप्तड छेडेदह गाउँपालिकाका तीन वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले जानकारी दिए । वितरण केन्द्रको तथ्याङ्कमा जिल्लाका १२ वडामा मात्र विद्युत् सेवा विस्तार भएको तथ्याङ्क भए पनि प्राधिकरण केन्द्रीय कार्यालयले भने एक पालिकामा मात्र विद्युत् सेवा विस्तार हुन नसकेको तथ्याङ्क सार्वजनिक गरेर त्रुटि गरेको हो ।

सूचना अधिकारी भट्टका अनुसार बूढीगङ्गा नगरपालिका-१, २ र ३, बडिमालिका नगरपालिका-१, २, ३, ७, ८ र ९ मा मात्र विद्युत्को लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ । त्यसैगरी खप्तड छेडेदह गाउँपालिका-५ र ७ पूरै तथा वडा नं ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

बडिमालिका नगरपालिका साविकका मार्तडी र जुगाडा, बूढीगङ्गा नगरपालिकाको साविक ब्रह्मतोला गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक आटिचौर र डोगडीमा मात्र राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गरिएको छ । जिल्लामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेको तथ्याङ्क छ । सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बाजुरामा एक लाख ३८ हजार नौ सय ९८ जनसङ्ख्या छ । जिल्लामा २२ हजार नौ सय २१ परिवार विद्युत्को पहुँचमा रहेको जनाएको छ । त्यसैगरी चार हजार तीन सय ४२ परिवारले सौर्य ऊर्जा तथा सोलार र ६७ परिवारले मट्टितेल प्रयोग गर्ने गरेको जनगणनाको तथ्याकङ्मा उल्लेख छ । उक्त तथ्याङ्कानुसार बिजुलीबाट खाना पकाउने १८ परिवार मात्र रहेको उल्लेख छ ।

पच्चीस हजार सात सय ५१ परिवार अझै दाउरा प्रयोग गरिरहेका छन् भने दुई हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी दुई सय ४१ बायोग्यास, १८ परिवार मट्टितेल र अन्यमा खाना पकाउने १३ परिवार रहेका छन् । हिमाली गाउँपालिका बिच्छँयाका पाँच सय ८४ परिवार अँध्यारोमा बस्न बाध्य छन् । साविकको बिच्छँया गाविसका रूपमा रहेको बिच्छँयामा २०७८ को जनगणनाअनुसार तीन हजार तीन सय ७१ नागरिक बसोबास गर्दै आएका छन् । रासस

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:१७ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...