back
CTIZAN AD

राससको ऐतिहासिक फड्को : आजदेखि नेपाली समाचार सेवा निरन्तर

वि.सं.२०८१ भदौ १७ सोमवार

963 

shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रूपमा २४सै घण्टा समाचार सेवा प्रदान गर्दैछ । हरेक दिन बिहान ६ः०० बजेदेखि राति ११ बजेसम्म सत्य, तथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गर्दै आएको राससले आजदेखि नेपाली समाचार सेवा निरन्तर प्रदान गर्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २४ घण्टे सेवाको आज औपचारिक रूपमा शुभारम्भ गर्ने भएका छन् । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ ।

आधिकारिक समाचार र सूचनाको मुहानका रूपमा रहेको राससले अन्तर्राष्ट्रिय समाचार समितिहरूले प्रदान गर्दै आएको सेवा र अभ्यास तथा स्वदेश तथा विदेशका आफ्ना सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी २४सै घण्टा सेवा प्रदान गर्न लागेको हो ।

स्थापनाकालमा दिनको एकपटक साँझ मात्र बुलेटिन प्रकाशन गर्ने राससले सेवाग्राहीको मागलाई मध्यनजर गरी केही समय बिहान, दिउँसो र राति गरी दिनको तीनपटक बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । त्यसपछि लामो समयसम्म बिहान, मध्याह्न, अपरान्ह, साँझ र राति गरी दिनको पाँचपटक बुलेटिन प्रकाशन गर्दै आएकामा समयको माग र प्रविधिको विकाससँगै २०६३ सालदेखि एक–एक घण्टाका दरले दिनमा १७ पटक समाचार प्रदान गर्दथ्यो । राससले पछिल्लो समय अनलाइनमार्फत निरन्तर रूपमा आफ्नो सेवा सम्प्रेषण गर्दै आएको थियो भने अब आजदेखि राससले आफ्ना सेवाग्राहीलाई २४सै घण्टा समाचार सेवा प्रदान गर्ने भएको छ ।

यसै सन्दर्भमा राससको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राससको २४सै घण्टा सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको सहयोग हुने बताएका छन् । उनले भने, “अहिले विश्वका सबैजसो सञ्चारमाध्यम दिनरात नभनी २४सै घण्टा नै सञ्चालित छन् । निरन्तर समाचार सेवा प्रवाहमा लागेका छन् । नेपालमा पनि जनतालाई सूचना प्रदान गर्ने दायित्व बोकेको सरकारको महत्वपूर्ण सञ्चार अङ्ग राष्ट्रिय समाचार समिति पनि यसमा अझै बढी जिम्मेवार हुनुपर्छ । रासस समाचारको मुहान हो । कुनै पनि समय घटेका महत्वपूर्ण घटना प्रवाह गर्न रासस चुक्नु हुँदैन । रातिको समय घटेका घटनाका समाचार झनै जनचासोको विषय हुनसक्छ । राससको रात्रिकालीन समाचार सेवाले राससको महत्व बढ्छ भन्नेमा विश्वस्त छु । यसलाई सरकारले आफ्नो उपलब्धिका रुपमा लिएको छ ।”

त्यसैगरी राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको २४ घण्टे सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास व्यक्त गरेका छन् । “सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेण्ड–सेकेण्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाउन सक्ने सम्भावनालाई राससको यस विस्तारित सेवाबाट न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ”, उनले भने ।

यसैगरी, राससका महाप्रबन्धक सिद्धराज राईले २४सै घण्टा सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको बताए । उनले भावी दिनमा हाम्रा सेवाग्राहीबाट प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे ।

सुरुआतमा नेपाली भाषामा समाचार सेवा सञ्चालन गरिएको राससले समयसापेक्ष रुपमा सेवाग्राही र आमजनताको मागबमोजिम २०२० फागुनदेखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, २०५५ वैशाखदेखि आलेख समाचार, २०६४ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो, २०६६ फागुन ७ देखि अडियो (श्रव्य), २०७९ साउनदेखि आलेख÷विचार र अन्तर्वार्ता हुँदै हाल श्रव्यदृश्य समाचार सेवा प्रवाह गर्दै आएको छ ।

राससले विभिन्न (मातृ) भाषामा समाचार बुलेटिन प्रकाशन गरी मिडिया बहुलवादको नीति कार्यान्वयन गर्ने जमर्को गरेको छ । सोही नीतिअनुसार राससले गत वर्षदेखि अवधि भाषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा नै नेपाल भाषा तथा मैथिली भाषामा समाचार सेवा उपलब्ध गराउने तयारीमा जुटेको छ ।

वि.सं.२०८१ भदौ १७ सोमवार ११:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...