back
CTIZAN AD

आफ्नै घर फर्किए चिप्लावासी

वि.सं.२०८१ भदौ १७ सोमवार

615 

shares

लमजुङ । पहिरोको त्रासले त्रिपालमुनि र आफन्तको घरमा बस्दै आएका लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लास्थित गैरीगाउँका बासिन्दा आफ्नै घर फर्किएका छन् ।

गत साउन १२ गते परेको वर्षाले बस्तीमाथिको जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० परिवार गाउँ नजिकैको डाँडागाउँमा त्रिपाल टाँगेर तथा कतिपय आफन्तकहाँ बस्दै आएका थिए । पहिरोको त्रासले गाउँ छाडेको करिब एक महिनापछि यहाँका बासिन्दा पहिरो जाने जोखिम कम भएसँगै सबै आ–आफ्नो घर फर्किएर बस्न थालेका हुन् ।

स्थानीय कमल गुरुङले भने, “पहिरो जाने त्रासले हामी गाउँ छाडेर डाँडागाउँमा त्रिपाल टाँगेर र आफन्तको घरमा बस्दै आएका थिए, अब आफ्नै घरमा बस्न थालेका छौँ । जोखिम पूर्णरुपमा कम नभएको उहाँको भनाइ छ ।

स्थानीय रासी गुरुङले अझै जोखिम कायम रहेकाले पानी आएको बेलामा राति जाग्राम बस्ने गरेको बताए । वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि जमिन फाटेपछि पहिरोको त्रासले ज्यान जोगाउन गाउँ छाडेका यहाँका बासिन्दा सबै आ–आफ्नो घर फर्किएका बताए ।

वि.सं.२०८१ भदौ १७ सोमवार १५:३८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...