back
CTIZAN AD

टानमा माओवादीका सागर पाण्डे विजयी (मत परिणामसहित)

वि.सं.२०८१ भदौ १८ मंगलवार

1.2K 

shares

काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका हु्न । उनेले पाँच सय ८० मत ल्याएका छन् भने प्रत्यासी सापकोटाले चार सय ८० मत प्राप्त गरेका छन् ।

गोरखा अस्राङका नवनिर्वाचित अध्यक्ष पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन् । उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापकसमेत हन् । यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा विजयी भएका छन् । शेर्पाले पाँच सय ५८ मत ल्याउँदा प्रत्यासी चोलेन्द्र कार्कीले चार सय ८६ मत प्राप्त गरेका थिए ।

प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल तीन सय ३५ मतसहित विजयी भएका छन् । उनले दावा लामा तामाङ्लाई पराजित गरेका हुन् । द्वितीय उपाध्यक्षमा सनम शेर्पा पाँच सय ४४ मत ल्याएर विजयी भएका छन । उनले प्रत्यासी निशेष थापालाइ पराजित गरेका हुन् ।

महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टानका निवर्तमान महासचिव विनोद सापकोटाले जानकारी दिए । यस्तै, सचिव पदमा रिञ्जीजाङबु शेर्पा भएका छन । त्रिपाठिले चार सय ४५ र शेर्पाले पाँच सय ९१ मत ल्याए ।

कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भएका छन । वाग्ले पाँच सय ८३ र उनका प्रत्यासी न्यौपानेले चार सय ८९ मत प्राप्त गरे । सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । उनले डम्बर अधिकारीलाई पराजित गरेका हुन् । शेर्पाले पाँच ७८ र अधिकारीले चार ४७ मत ल्याए ।

महिला सदस्यमा पवित्रा तामाङ पाँच सय ८५ मत सहित विजयी भइन् । उनले सृष्टि भण्डारीलाई पराजित गरेकी हुन् ।सदस्यमा अम्बिरबहादुर गुरुङ पाँच सय ७४, विनोदकुमार तामाङ पाँच सय ४२, होमबहादुर विश्वकर्मा पाँच सय १६, फुर्पुछिरिङ ल्होमी (भोटे) चार सय ९४, विकास गुरुङ पाँच सय नौ, सागर राई पाँँच सय ५६, छाप्ते लामा शेर्पा पाँच सय ११ र राजु गुरुङले छ सय चार मत ल्याएर निर्वाचित भएका छन् ।

विजयी भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पाण्डेले टानमा आबद्ध व्यवसायी र मजदुरका लागि ‘टान बृहद् अक्षयकोष’ निर्माण गर्ने बताए । उनले पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

 

 

वि.सं.२०८१ भदौ १८ मंगलवार ११:३१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...