back
CTIZAN AD

नदीजन्य पदार्थ ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन

वि.सं.२०८१ भदौ १८ मंगलवार

921 

shares

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नदीजन्य सामग्रीको चोरी निकासी रोक्न ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन गरेको छ । नगरपालिकाअन्तर्गत विभिन्न नदीबाट चोरी गरी विभिन्न ठाउँमा थुपारेर राखिएका नदीजन्य पदार्थ जफत गर्दै आएको नगर प्रमुख विमला अर्यालले जानकारी दिए ।

पछिल्लो पटक तुरिया खोला, चारघरे, सोमई टोललगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो । जफत गरिएका नदीजन्य पदार्थलाई कानुन अनुसार लिलाम गरिनेछ । अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारी साधन नियन्त्रण र थुपारेर राखिएका पदार्थ जफत अगाडि बढाइएको नगर प्रमुख अर्यालले बताए ।

विभिन्न खोलाबाट पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले थुपारेर राखिएको स्थानको खोजी गरेर जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिए । वर्षाको समयमा असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी निकासी बढेको हो । चोरी गरिएका नदीजन्य पदार्थलाई खोला छेउ, झाडी, कुला, खुला चौरलगायत स्थानमा ढुङ्गा थुपारेर राखेको अवस्थामा जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिए ।

नगर क्षेत्रको पानभार खोला, भूमही खोला क्षेत्रमा पनि अवैध रूपमा नदीजन्य पदार्थ थुपारेर राखिएको बताइएको छ । ती स्थानहरूमा पनि क्रमशः अनुगमन गरेर जफत गरिने नगर प्रमुख अर्यालले जानकारी दिए ।

 

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...