back
CTIZAN AD

नर्वेमा हरितालिका तिज सम्पन्न

वि.सं.२०८१ भदौ १८ मंगलवार

3.2K 

shares

प्रेम परियार, ओस्लो । नेपाली पोर्चुगिज समाज नर्वेको आयोजनामा राजधानी ओस्लोस्थित कालबाकेनको हलमा हरितालिका तीज बिशेष “साँस्कृतिक साँझ “भव्य सफलताको साथ सम्पन्न भएको छ ।

१ सेप्टेम्बर २०२४ का दिन संघका अध्यक्ष राम गुरुंङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पोर्चुगिज राजदूत पेद्रो पेसवा डे कोस्टाले क्याण्डल प्रज्वलन गरी कार्यक्रमको उद्द्घाटन गरेका थिए ।

एनआरएनए नर्बेका अध्यक्ष बिष्णु गौतम, यूरोप उप संयोजक राजु अर्याल, आईसीसी सदस्य पबित्र बस्नेतको विशेष आतिथ्यता र अन्य अतिथि विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपोसका संरक्षक, सल्लाहकार, निबर्तमान अध्यक्ष हरि बानिया, रत्न सापकोटा र नारायण सिंह थापा लगायतको आतिथ्यता रहेको थियो ।

समाजका बरिष्ठ व्यक्तित्वहरुलाई अतिथिको सत्कार गरी मञ्चमा खादाद्वारा सम्मान गरीएको सो कार्यक्रममा महिला संयोजक नीरू सापकोटाले उपस्थित सम्पूर्णलाई पोर्चुगिज भाषाद्वारा शुभकमाना मन्तव्य दिदै स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा महासचिव पर्बता पन्थी गैरे र सचिव अजीत अधिकारीले संयुक्त रूपमा कार्यक्रम संचालन गरेको उक्त कार्यक्रममा म्यूिजक ब्यवस्थापनमा अन्तराष्ट्रिय कलाकार बिष्णु क्षेत्री, उपाध्यक्ष अभिषेक आचार्य, महिला उपाध्यायक्ष सम्झना बराल, युवासंयोजक सबीन परियार, लगायत आयोजक कमिटीले हल तथा नेपाली परिकार खानाको ब्यबस्थापन गरेका थिए ।

प्रमुखअतिथि कोस्टाले हामी जहाँ रहेता पनि हाम्रो संस्कृतिको संरक्षण गर्नु नागरिकको दायित्व रहेको बताउदै खुसी ब्यक्त गरेका थिए । प्रमुख अतिथिको मन्तव्य र नेपाल देखी पोर्चूगÞल हुदै नर्बे आउँदा सम्म ३ राष्ट्रको दायित्व र पहिचान कायम रहेको बताउदै आयोजक प्रति लक्षित अभिव्यक्ति दिए । संस्थाको माध्यमबाट हामी एक परिवारको अनुभुति भएको बताउदै यो समाजमा कुनै असहज परिस्थितिको बारेमा जिज्ञासा र चासो राखेका थिए ।

प्रमुख अतिथिले पोर्चूगीज भाषामा राखेको कुरा जिल श्रेष्ठर कंचन श्रेष्ठले नेपाली भाषा मार्फत् अनुवाद गरी स्पष्ट पारे ।

नेपोसद्वारा आयोजित तीज विशेष कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायलाई समेट्दै सामूहिक रूपमा तीज विशेष कार्यक्रम गर्दै आएको यो १० औ वर्ष हो ।

यसवर्ष नेपालबाट बरिष्ठ चर्चित कलाकार मिलन लामा, अन्तराष्ट्रिय कलाकार बिष्णु क्षेत्री, नेपाली स्कूल परिवार, रोमसोस साथमा स्थानीय कलाकारको बेजोड़ प्रस्तुति रहेको थियो ।

कलाकार मिलन लामाको बेजोड़ प्रस्तुतिपछी नेपाली पोशाकमा उपस्थित महिला दीदी वाहिनीहरुले एकआपसमा तीजको शुभकामना आदान–प्रदान साथ सामूहिकÞ नृत्य गरि भरपुर मनोरंजन लिएका थिए ।

नर्वेमा नेपाली संघ संस्था र नेपाली समुदायबीच कला संस्कृतिको माध्यमद्वारा भाईचाराको सम्बन्ध अभिवृद्धी गर्दै लैजाने उद्धेश्यले स्थापित राजनीतिकबाट अलग नेपोस संस्थागत एकता र समाजमा आपसी सद्भावको विकास सबै नेपालीहरुको साझा संस्थागत रूपमा विकास हूँदै गएको विभिन्न संस्थाका अग्रज र पदाधिकारीको दाबी रहेको संघले जनाएको छ ।

नेपालीहरुको बाक्लो उपास्थिले विदेशी भूमिमा नेपाली पहिचानले गर्व र ऐतिहासिक कार्यक्रम पूर्ण सफल रहेको बताउदै अन्त्यमा नेपोसका अध्यक्ष राम गुरूंङ सबैको अथक प्रयास मेहनतबाट कार्यक्रम भव्य रूपमा सफल पारीदिनु हुने सबैप्रति हार्दिक धन्यबाद दिदै आभार ब्यक्त गरेको कार्यक्रम उक्त हलमा कÞरिब ५५० जनाको बाक्लो उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ भदौ १८ मंगलवार २१:३१ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...