back
CTIZAN AD

‘सुन्दर’ विदेशी जासुसहरूबाट सावधान रहन विद्यार्थीहरूलाई चीनको चेतावनी

वि.सं.२०८१ भदौ १९ बुधवार

729 

shares
बेइजिङ । चीनको राज्य सुरक्षा एजेन्सीले बुधबार संवेदनशील जानकारीमा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न चेतावनी दिएको छ । एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् ।
गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्नका लागि प्राय कठोर र असामान्य तरिकाले वफादार चिनियाँहरूलाई प्रलोभनमा पार्न काम गरिरहेको भन्ने बेइजिङको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) को दाबीलाई बढावा दिएको छ ।
विदेशी जासुसहरूको ‘अनगिन्ती रूप छन् र तिनीहरूले आफ्नो लिङ्ग पनि परिवर्तन गर्न सक्छन्’ भन्ने चेतावनी दिँदै मन्त्रालयले नागरिकहरूलाई मुलुकको खतराविरुद्ध ‘एक अर्ब ४० करोड जनताको रक्षा’ गर्न आह्वान गरेको छ ।
साथै मन्त्रालयले बुधबार विदेशी गुप्तचर एजेन्सीहरूमाथि चिनियाँ विद्यार्थीलाई लोभ्याउन ‘रोमान्स जाल’ तैनाथ गरेको आरोप लगाएको छ ।
विदेशी जासुसहरूले गोपनीय जानकारी हस्तान्तरण गर्नका लागि विद्यार्थीहरूलाई विशेषगरी ‘संवेदनशील वैज्ञानिक अनुसन्धान डाटा’ सम्म पहुँच भएकाहरूलाई ‘प्रलोभनमा पार्न र बाध्य बनाउन’ नोकरीको विज्ञापन र अनलाइन डेटिङको पनि प्रयोग गरिरहेको एमएसएसले बताएको छ ।
एमएसएसले चेतावनी दिँदै भनेको छ, “उनीहरूले आफूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ का रूपमा पनि युवा विद्यार्थीहरूलाई ‘रोमान्सको जाल’ मा तान्न सक्छन् ।” एमएसएसले कथित योजनापछाडि कुन मुलुक थियो भन्नेबारे बताएको छैन ।
तर एजेन्सीले जासुसहरूले आफूलाई विश्वविद्यालयको विद्वान, वैज्ञानिक शोधकर्ता वा सल्लाहकारका रूपमा विद्यार्थीहरूलाई पैसाको अभावमा प्रलोभनमा पार्न सक्ने चेतावनी दिएको छ । यसलाई ‘लक्षित घुसपैठ’ भनिन्छ ।
यसै महिना एमएसएसले ‘राम्रो सामरी (परोपकारी वा सहयोगी व्यक्ति)’ भएको देखावटी गर्ने ‘भेडाको लुगामा ब्वाँसाहरू’ विदेशी एजेन्टहरूबाट सावधान रहन जनतालाई चेतावनी दिएको थियो ।
एजेन्सीले जुनमा बेलायतको एमआई६ गुप्तचर एजेन्सीमाथि बेलायतका लागि जासुसी गर्न केन्द्रीय सरकारका लागि काम गर्ने एक जोडीलाई भर्ती गरेको आरोप लगाएको थियो ।
दशकौँमा चीनका सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले मुलुकको उत्थानलाई रोक्न विदेशी शक्तिहरूले प्रयास गरिरहेको गहिरो चेतावनी दिएको छ ।
चीन र पश्चिमा शक्तिहरूले लामो समयदेखि एकअर्कामाथि जासुसी गरेको आरोप लगाउँदै आएका छन् र उनीहरूले हालै मात्र कथित व्यक्तिगत मामिलाको विवरण सार्वजनिक गर्न थालेका छन् ।
मे महिनामा अनुसन्धानकर्ताहरूले चीनका लागि जासुसी गरेको आशङ्कामा जर्मन एमईपीको ब्रसेल्स कार्यायलमा खानतलाशी गरेको थियो ।
मङ्गलबार न्युयोर्क राज्यका गभर्नरको सहयोगीका रूपमा काम गर्ने एक पूर्वअधिकारीलाई लाखौँ डलरको बदलामा चीनको एजेन्टका रूपमा काम गरेको आरोपमा पक्राउ गरिएको थियो ।
एएफपी

वि.सं.२०८१ भदौ १९ बुधवार १५:२२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...