back
CTIZAN AD

मधु शाहीलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

वि.सं.२०८१ भदौ २० बिहीवार

2.5K 

shares

काठमाडौँ । अठारौँ मानव बेचबिखनविरुद्घको राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)की उपसम्पादक मधु शाही सम्मानित भएकी छन् ।

काठमाडौँमा आयोजित उक्त कार्यक्रममा उपसम्पादक शाहीसहित नागरिक दैनिककी सम्वाददाता सविता खड्का, सञ्चारमाध्यम विधामा पर्सा जिल्लास्थित मध्यनेपाल सन्देश साप्ताहिक, मानव बेचिबिखनबाट प्रभावित पम्फा अधिकारी, रुपन्देहीको सिद्घार्थ नगरपालिका, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, आवाज संस्था सुर्खेत, भारतस्थित किन इण्डिया संस्थालाई सम्मान गरिएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्ध मन्त्रालय चेतना जगाउन अग्रसर रहेको बताए ।

मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव दीपकराज नेपाल, मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, महिला आयोगका अध्यक्ष कमला पराजुली, सिद्घार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, पीडित पम्फा अधिकारीलगायत वक्ताले एकल प्रयासले मात्र मानव बेचबिखन उन्मूलन सम्भव नहुने भएकाले सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।

वि.सं.२०८१ भदौ २० बिहीवार १६:१३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...