back
CTIZAN AD

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

वि.सं.२०८१ भदौ २० बिहीवार

804 

shares

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताउक्ँ छन् । आज शुक्लाफाँटा नगरपालिका –१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बिच समिकरण बनाइ स्थीर सरकार गठन भएको बताएका हुन् ।

“सरकार अस्थीर हुँदा नयाँ समिकरण बन्ने भत्किने अवस्था थियो”, उनले भने, “सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।” सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दीगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ ।

संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समिकरण रहिरहने उनले बताए । १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको उनले उल्लेख गर्नुभयो । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको भनाइ छ ।

कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रुपमा विकसित गरिने गृहमन्त्री लेखकले बताए । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उनले उल्लेख गरे ।

त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगीक क्षेत्रमा उद्योग स्थापना गरिने उनले जानकारी दिए । भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रुपमा अगाडि बढेको उनको भनाइ छ । लागुऔषधको समस्या चुनौतीका रुपमा रहेकाले उहाँले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागुऔषध ओसारपसार रोक्न जोडदार रुपमा मुद्दा उठाएको बताए ।

भारतीय विदेश सचिवले दुवै क्षेत्रमा लागुऔषध रोकथामका लागि कडाइ गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । वर्षौंदेखि थाती रहेको निकुञ्ज विस्थापित परिवारको पुनः स्थापना अगाडि बढाउने प्रतिबद्धता जनाए । यसै क्रममा गृहमन्त्री लेखकलाई निकुञ्ज विस्थापित, बाढी प्रभावित क्षेत्रका बासिन्दाले ज्ञापनपत्र बुझाएका थिए ।

 

वि.सं.२०८१ भदौ २० बिहीवार १६:३९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...