back
CTIZAN AD

अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

वि.सं.२०८१ भदौ २१ शुक्रवार

1.9K 

shares

अमेरिका । नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसर पारेर अमेरिकामा संयुत्त, रुपमा दर कार्यक्रमको आयोजना गरिएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, बाग्लुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाज समाजसँगको सहकार्यमा संयुक्त तीज दरखाने कार्यक्रम सम्पन्न गरेको हो ।

गत आइतबार सेप्टेम्बर १ तारिख साँझ ६ बजेदेखि १२ बजेसम्म दिव्यधाम मन्दिरमा यो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १५ सय भन्दा बढी महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

न्युयोर्कमा बर्षेनि मनाउँदै आइरहेको अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम यस वर्ष पनि एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजनमा सम्पन्न गरिएको हो । यस वर्षको कार्यक्रममा दिदीबहिनीहरूको बृहत् उपस्थितिले दिव्यधाम मन्दिरको बेसमेंट र मन्दिरको हल भरिभराउ साथै ऐतिहासिक बनेको थियो ।

तीजको नाचगान, दर खुवाउने र शुभकामना आदानप्रदान भएकोले छोटो औपचारिक कार्यक्रमको अध्यक्षता एनआरएनए न्युयोर्क च्याप्टरको कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष छिरिङ शेर्पाले गरेका थिए भने प्रमुख अतिथिको रूपमा उपस्थित भई उपवाणिज्यदूत श्रीमती संगीता न्यौपानेले कार्यक्रमा उपस्थित सबै आमा तथा दिदीबहिनीलाई शुभकामना दिएकी थिइन् ।

औपचारिक कार्यक्रमको संचालन महिला सचिव गीता अधिकारीको रहेको थियो भने तीज कार्यक्रमको आर्थिक संयोजकमा कोषाध्यक्ष देवेन्द्र लामा रहेका थिए ।

सो अवसरमा हरितालिका तीज नारीहरूको पवित्र पर्वको अवसर पारेर कार्यक्रममा केही सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा भाइबहिनीहरूले नृत्यका साथ समाजको अहिलेको जल्दोबल्दो घटनालाई लिएर जीवन्त अभिनय गरेका थिए ।

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:४६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...