back

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

वि.सं.२०८१ भदौ २१ शुक्रवार

165 

shares
NTC AD

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।

जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन । युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लानसक्ने नेताका रूपमा राष्ट्रपतिले विश्वास गरेका हुन् ।

गत जुलाई १६ मा म्याक्रोँले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामा स्वीकृत गरे पनि नयाँ मन्त्रिमण्डल गठन नभएसम्मका लागि कामचलाउ सरकारको प्रमुखका रूपमा कार्यभार सम्हाल्न आग्रह गरेका थिए ।

नयाँ सरकारले सन् २०२५ का लागि बजेट कानूनको मस्यौदा पेश गर्न अक्टोबर १ को समयसीमा तोकिएको छ, जुन जुलाईदेखि लागू भएको ग्याब्रियल अट्टलको नेतृत्वमा कामचलाउ प्रशासनले निरीक्षण गर्न सक्दैन ।

वार्षिक उत्पादनको ११० प्रतिशतसम्म ऋण थुप्रिएको फ्रान्सले यस वर्ष ‘स्ट्यान्डर्ड एन्ड पुअर्स’बाट क्रेडिट रेटिङ कटौतीको सामना गरेको छ र युरोपेली आयोगले यसलाई अत्यधिक घाटाको लागि जिम्मेवार मानेको छ। (एएफपी)

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:५९ मा प्रकाशित

ADBL AD
ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने 

ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने 

ब्रसेल्स (बेल्जियम) । युरोपेली सङ्घ(ईयू)ले मङ्गलबार सङ्घबाट आयात हुने ‘ब्रान्डी’मा...

कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

जेनेभा । लोकतान्त्रिक गणतन्त्र कङ्गोका करिब दश लाख मानिस यस...

‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु – ह्यारिस

‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु – ह्यारिस

वासिङ्टन । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित...

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

बेइजिङ । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य...

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण...

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

सेडार की, संयुक्त राज्य अमेरिका । अमेरिकामा ‘हेलेन’ नामक आँधीका...