back
CTIZAN AD

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

वि.सं.२०८१ भदौ २१ शुक्रवार

1.3K 

shares

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ । वर्षौँदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक किलोमिटर नयाँ ट्रयाक खोलेको हो ।

जितपुर–फेदी सडक सञ्चालनका लागि ट्रयाक खोलिएको कार्यालय प्रमुख इञ्जिनियर भूमिनन्द ढकालले जानकारी दिए । नयाँ ट्रयाक खोलिएसँगै सो क्षेत्रवासीलाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ । ‘‘डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ”, बकैया गाउँपालिका–१२ का नीरज घलानले भने, “अब बाटोका लागि ट्रयाक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।” यस सडकलाई हेटौँडासम्म जोडिदियो भने सधैँका लागि समस्या समाधान हुने उनको भनाइ छ ।

सो कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ । सो कार्यालयका अनुसार आव २०८०÷८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो । ती दुवै जिल्लाका २५ वटा सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

उनका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चारवटा कल्भर्टको निर्माण सम्पन्न भएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०÷८१ मा चितवनको माडी र रत्ननगरमा दुईवटा पार्कसमेत निर्माण गरिएको प्रमुख ढकालले बताए ।

वि.सं.२०८१ भदौ २१ शुक्रवार १३:५७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...