back
CTIZAN AD

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

वि.सं.२०८१ भदौ २३ आइतवार

813 

shares

वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिका–१६ एकाइ समितिले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी पु¥याउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । विद्यमान खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट प्राथमिकताका साथ योजना अघि सारेको उनले बताए ।

“पानीको समस्याले जनतालाई सास्ती भइरहेको छ, यो विषयमा सरकार गम्भीर छ, दीर्घकालीन समाधानका लागि योजना बनाइरहेका छौँ”, मन्त्री यादवले भने, “हामीले यो विषयमा ध्यान केन्द्रित गरेका छौँ र शीघ्र समाधान हुनेमा प्रतिबद्ध छौँ ।”

जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरु अघि बढाइने मन्त्री यादवको भनाइ छ । जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले पार्टीको नीतिगत निर्देशनका आधारमा जनताको सेवा र कल्याणमा आफू निरन्तर सक्रिय रहेको बताए । जसपाले आगामी चुनावमा जनताको समर्थन पाउन सक्नेगरी सङ्गठनलाई सुदृढ बनाइने उनको भनाइ छ ।

वि.सं.२०८१ भदौ २३ आइतवार १५:२८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...