back
CTIZAN AD

टेप्पो जाँच गर्दा २७ डिब्बा काजु र ६ बोरा मरिच बरामद

वि.सं.२०८१ भदौ २४ सोमवार

624 

shares

वीरगञ्ज (पर्सा) । भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान दिनँहुजसो बरामद गर्दै आइरहेको छ ।

सशस्त्रले आइतबार पनि वीरगञ्ज महानगरपालिका–१० स्थित आर्दशनगरबाट घण्टाघरतर्फ जाँदै गरेको ना२ह ५९६ नम्बरको टेप्पोलाई जाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको छ लाख ४५ हजार छ सय मूल्य पर्ने २७ डिब्बा काजु र ६ बोरा मरिच बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियाका घर भएका टेप्पोचालक विनोद कुशवाहालाई समेत पक्राउ गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको छ ।

गणका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले चाडपर्व नजिकिँदै गर्दा तस्कर धेरै सक्रिय भएकाले पनि अवैध सामान बरामद हुने क्रम बढेको बताए । “सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी सधैँ सक्रिय नै रहँदै आइरहेको छ”, उनले भने, “चाडपर्व नजिकिएसँगै अवैध चोरी तस्करी गर्नेको सङ्ख्या बढेकाले पनि बरामदको घटनामा वृद्धि भएको हो ।”

सशस्त्र प्रहरी बलले शनिबारमात्र रु १० लाख ५० हजार छ सय बराबरको भन्सार छलीका सामान पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो । सशस्त्रले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित रु चार लाख ७३ हजार आठ सय मूल्य पर्ने काजु, खजुर बदाम, बिस्कुट र किसमिसलगायत सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।

यसैगरी शनिबार नै नगवास्थित खुस्बु चक्लेट उद्योगको गोदाममा भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु तीन लाख छ हजार छ सय ३० मूल्य पर्ने चक्लेट, चिनी र बोरा सिलाउने मेसिन बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–६ स्थित मीनाबजारबाट भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु दुई लाख ७० हजार एक सय ७० मूल्यका आलु र प्याज बरामद गरेको थियो ।रासस

वि.सं.२०८१ भदौ २४ सोमवार ०७:४३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...