back
CTIZAN AD

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

वि.सं.२०८१ भदौ २४ सोमवार

864 

shares

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो समस्या ल्याउने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने, “यो फैसलाले जनतामाथि ठूलो समस्या सिर्जना हुँदैछ । करिब ६ लाख नागरिक विस्थापित हुने अवस्था देखिएको छ । नागरिकलाई सुकुम्वासी बनाउने गरी भएको सो फैसलाविरुद्ध सरकारले तत्काल पुनरावलोकनमा जानुपर्छ ।”

सांसद वीरेन्द्रप्रसाद महतोले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना ल्याउन सरकारसँग आग्रह गरे ।

सांसद अब्दुल खानले देशभरका अस्पतालमा पर्याप्त जनशक्ति र पूर्वाधार नहुँदा नागरिकले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै नागरिकको उचित स्वास्थ्योपचारको प्रबन्ध गर्न सरकारसँग माग गरे ।

सांसद राजकिशोर यादवले भ्रष्टाचार निवारणका लागि राज्यले स्थापना गरेको संरचनामाथिको विश्वसनीयता कमजोर हुँदै जानु विडम्बना भएको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनःसंरचना गरेर जानुपर्नेमा जोड दिए ।

सांसद लालवीर चौधरीले बर्दियामा लामुखट्टेको प्रकोप देखिएको जानकारी दिँदै त्यहाँका नागरिकलाई तत्काल झुलको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले बसाइँसराइ जिल्लाभित्र मात्रै सीमित गर्न सरकारसँग माग गरे ।

सांसद राजेन्द्र केसीले काठमाडौँका खोला किनारसम्बन्धी फैसलालबारे सर्वोच्च अदालतले पुनः विचार गर्नु उपयुक्त हुने सुझाव दिए ।

वि.सं.२०८१ भदौ २४ सोमवार १६:२७ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...