back
CTIZAN AD

जलवायु परिवर्तनका कारण अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरू खतरामा 

वि.सं.२०८१ भदौ २५ मंगलवार

906 

shares

सिड्नी ।  अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक प्रतिवेदनमा जनाइएको छ ।

जुरिच फाइनान्सियल सर्भिसेज अस्ट्रेलिया र अर्थशास्त्र परामर्श फर्म मन्डला पार्टनर्सद्वारा प्रकाशित अस्ट्रेलियाको पर्यटन उद्योगका लागि पहिलो जलवायु जोखिम सूचकाङ्कमा राष्ट्रिय निकुञ्ज, सङ्ग्रहालय, विमानस्थल र समुद्र तटहरूसहित अस्ट्रेलियाको आधा पर्यटन सम्पत्तिहरू हाल आगलागी जस्ता जलवायु जोखिमहरूबाट संवेदनशील रहेको उल्लेख छ ।

जलवायु परिवर्तन जारी रहेकाले जोखिममा रहेका पर्यटकीय स्थलहरूको अनुपात ५५ देखि ६८ प्रतिशतसम्म पुग्ने प्रतिवेदनले जनाएको छ ।

चरम विश्वव्यापी तापक्रम परिदृश्यअन्तर्गत औसत तापक्रम पूर्व–औद्योगिकस्तर भन्दा तीन डिग्री सेल्सियसले बढ्दा अस्ट्रेलियाका ८० प्रतिशत पर्यटक स्थलले जोखिममा वृद्धि अनुभव गर्ने सूचकाङ्कले अनुमान गरेको छ ।

अस्ट्रेलियाका सबै ३१ व्यस्त विमानस्थलहरू तूफान र आँधीको सम्पर्कका कारण दुई उच्च जलवायु जोखिममा आउने र यसमा ९४ प्रतिशत सबैभन्दा चरम जोखिम श्रेणीमा पर्ने प्रतिवेदनले जनाएको छ

उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा ७९ प्रतिशत पर्यटन स्थलले उच्च जलवायु जोखिमको सामना गरिरहेको र ५२ प्रतिशत उच्च जोखिमको श्रेणीमा छन् । सिन्ह्वा

वि.सं.२०८१ भदौ २५ मंगलवार ०७:५७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...