back
CTIZAN AD

बेउलीवास-पूर्णगाउँ-पैँयुकोट-लुङ्खु सडक स्तरोन्नति

वि.सं.२०८१ भदौ २६ बुधवार

1.3K 

shares

पर्वत । जिल्लाको दक्षिणी भेगमा पर्ने बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु १३ किलोमिटर सडक स्तरोन्नति प्रारम्भ भएको छ । महाशिला गाउँपालिका र पैँयु गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो सडक स्तरोन्नतिसँगै कालोपत्र पनि गरिनेछ ।

प्रस्तावित पोखरा–सेतीवेणी–रिडी पर्यटकीय राजमार्गसँग जोडिने बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति र कालोपत्रको मङ्गलबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गर्नुभएको छ । उक्त सडक रु पाँच करोडको लगानीमा स्तरोन्नति थालिएको हो । बहुवर्षीय योजनामा समावेश भएको सडकका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र सङ्घीय सरकारको भौतिक मन्त्रालयमार्फत चालु वर्षका लागि रु एक करोड २० लाख विनियोजन भएको छ ।

उक्त बजेटले विभन्न ठाउँमा नाली, कल्भर्ट, ढलान तथा ‘ग्रेड’मिलाउने र चक्ल्याउने काम गरिने पैैँयु गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र उक्त बजेटअन्तर्गत तोकिएको काम सकिने पालिकाले जनाएको छ ।

आयोजनाको शिलान्यास गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले सडक नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । उनले गाउँका उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसान र उद्यमी व्यावसायिक बन्न नसकेकाले गुणस्तरीय सडक निर्माणपछि ग्रमीण क्षेत्रका नागरिक स्वरोजगारमुखी हुने बताए ।

कार्यक्रममा पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्लले सबै सडक क्रमशः स्तरोन्नति गरिने बताए । पालिकाको बजेटले मात्र स्तरोन्नति सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारमार्फत बजेट माग गरेर भए पनि बाह्रैमास सञ्चालन हुनेगरी सडक स्तरोन्नति गरिने उनले बताए ।

वि.सं.२०८१ भदौ २६ बुधवार ११:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...