back
CTIZAN AD

भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सुर्याले चितवन शक्तिबाट इडब्ल्युभिएल खेल्ने ।

वि.सं.२०८१ भदौ २६ बुधवार

1.4K 

shares

काठमाडौँ । एभ्रेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सुर्या एसलाई आफ्नो टिममा अनुबन्ध गरेको हो ।

इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ ।

सुर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन् । उनी यस अघि पनि नेपाली भलिबल लिगहरुमा आई एभ्रेष्ट क्लब बुटबलबाट खेलिसकेकी छिन् । उनी २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको उपाधि जितेकी थिएइन् । यसअघि पनि २०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधी जितेकी खेलाडी हुन् ।
उनी नेपालमा आई महिला लिग खेल्न निकै उत्साहित छिन् ।

चितवन पनि अनुभवी खेलाडीलाई टिममा अनुबन्ध गर्दा निकै खुसी छ । उनको उपस्थितीले नेपाली दर्शकमा उत्साह र खेल निकै रोमाञ्चक हुने अपेक्षा राखेको छ । चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

वि.सं.२०८१ भदौ २६ बुधवार १२:३० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...