back
CTIZAN AD

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८१ भदौ २६ बुधवार

756 

shares

काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् ।

बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले नेपालको संविधानमा कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने व्यवस्था गरिए पनि अहिले पनि सयौँ नेपाली नागरिकताविहीन भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद अनिशा नेपालीले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रुपमा ठगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुनचाँदीसम्बन्धी छुट्टै कानुन ल्याएर काम गर्नुपर्ने बताईन् ।

सांसद डा अमरेशकुमार सिंहले १७ लाख नागरिकले सवारी साधनको चालक अनुमतिपत्र नपाएको रसिदका भरमा हिँडिरहेको उल्लेख गर्दै सवारी साधन दर्ता र नवीकरण गर्ने काममा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडकको अवस्था अत्यन्तै नाजुक रहेकाले सडक निर्माणका लागि ठेक्का दिँदा समय कम लगाएर बनाउनेलाई दिन सरकारसँग माग गरे ।

सांसद ईश्वरी घर्तीले शान्ति प्रक्रिया पूरा नहुँदा अझै पनि पीडितहरु न्यायको प्रतीक्षामा बसेको बताईन् ।

सांसद एकनाथ ढकालले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको उपस्थिति महत्वपूर्ण रहेको र गरिबी निवारण, दिगो विकास, नेपाल लगानी र भ्रमणका लागि उत्कृष्ट गन्तव्य रहेकोबारे कुरा राख्नुपर्नेमा जोड दिए ।

सांसद कल्पना चौधरीले चाडपर्वमा घर जाने यात्रुलाई सहज रुपमा यातायातको व्यवस्था गर्न र चाडपर्वको समयमा हुने महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद कुसुमदेवी थापाले जलवायु परिर्वतनका जोखिमका कारण नेपाल जोखिममा पर्दै गएकाले सर्वोच्च अदालतबाट आवश्यक कानुन बनाउन दिएको आदेशको कार्यान्वयन नभएकोप्रति सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद किरणकुमार साहले रौतहटको राजपुर नगरपालिकामा भ्रष्टाचार भएको तथा अन्य निकायमा पनि आर्थिक अनियमितता बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेश पराजुलीले सहकारी पीडितले कहिले न्याय पाउने भन्ने विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरे ।

सांसद गोमादेवी लाभले चाडपर्व आउन लाग्दा कालोबजारी बढ्दै जाने र सडक दुर्घटना भएर धेरै धनजनको क्षति हुने गरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद चन्द्रबहादुर विश्वकर्माले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुममा अहिलेसम्म पुनः निर्माण प्रक्रिया सुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद जावेदा खातुन जागाले उपसभामुख ईन्दिरा रानाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिईन् ।

शून्य समयमा बोल्ने सबै सांसदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मुलुकले महत्वपूर्ण व्यक्ति गुमाएको भन्दै दुःख व्यक्त गरेका थिए ।

 

वि.सं.२०८१ भदौ २६ बुधवार १६:४१ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...