back
CTIZAN AD

सेन्ट जेभियर्स कलेजमा समाचार लेखन कार्यशाला सुरु

वि.सं.२०८१ भदौ २७ बिहीवार

1.7K 

shares

काठमाडौँ । रिपोर्टिङको गुणस्तरका लागि लेखन सीपको अभिवृद्धिको आवश्यकतालाई प्राथमिकता राख्दै सेन्ट जेभियर्स कलेजले दुई दिने  समाचार लेखन कार्यशाला सुरु गरेको छ ।
बुधवार उद्घाटन गरिएको कार्यशाला संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन, युनेस्को नेपालको सहकार्यमा सेन्ट जेभियर्स कलेजका साथै रत्नराज्यलक्ष्मी क्याम्पस, मदन भण्डारी मेमेरियल, नमुना मच्छिन्द्र, नेपाल कमर्स क्याम्पस लगायतका सरकारी तथा सामुदायिक कलेजका गरी पत्रकारिता पढ्न २७ जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।

समाचार लेखन कार्यशालाको उद्घाटन सत्रमा पत्रकारिता संकायका प्रमुख तथा लेखन कार्यशाला संयोजक चुनबहादुर गुरुङले विगत तीन वर्षसम्म सफल रूपमा आयोजना भएको कार्यशालाको स्मरण गर्दै यो कार्यशाला पनि प्रभावकारी रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अपेक्षा गरिएको बताए । “मलाई विश्वास छ यस कार्यशालाले पत्रकारिता सम्बन्धी व्यावहारिक सीप उपलब्ध गराउँछ र विद्यार्थीहरूको  पत्रकारिताका यत्रामा सहयोग पुग्नेछ,” उनले भने ।

तालिमको उद्घाटन गर्दै सेन्ट जेभियर्स कलेजकी कार्यवाहक प्रधानाध्यापक सलुजा चन्दले यस कार्यशाला जस्ता पाठ्यक्रमहरू शिक्षण–सिकाइमा महत्त्वपूर्ण रहेकाले विद्यार्थीहरूलाई अनुभवका साथै बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्ने र उनीहरूलाई दक्ष पत्रकारका साथै विचारशील सञ्चारकर्मी बन्न मद्दत गर्ने अपेक्षा रहेको बताइन् ।

तालिमका क्रममा अन्तर्राष्ट्रिय जानकार लुइसा कमल (लेस्ले जुनलाकन) ले शिक्षकको रूपमा आफूले लामो समयसम्म मार्गदर्शनको कार्य गरेकाले यो कार्यशालाले सहि र खराब शब्द तथा वाक्यको सिकाइले पत्रकारिताको विद्यार्थीहरूलाई उत्कृष्ट दिशा र मापदण्डको बारेमा जानकारी दिने उल्लेख गरिन् ।
तालिममा क्रममा द न्यूयोर्क टाइम्सका पत्रकार भद्र शर्माले अन्तरक्रियात्मक र व्यावहारिक माध्यमद्वारा लेखनमा जोड दिए। शर्मामा साथै अन्तर्राष्ट्रिय लेखक तथा भाषा जानकार लुइसा कमल, वरिष्ठ संचार विशेषज्ञ नरेश नेवार लगायतले कार्यशालामा विद्यार्थीहरूलाई प्रेस विज्ञप्ति लेखन, सम्पादकलाई समाचार लेखको अवधारणा कसरी पिच गर्ने, पत्रकारितामा आर्टिफिसियल ईन्टेलिजेन्स लगायतका विषयमा तालिम प्रदान गदैछन्।

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:४८ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...