back
CTIZAN AD

को बन्ला पहिलो मिसेस् पूर्वेली आइकन ?

वि.सं.२०८१ भदौ २७ बिहीवार

972 

shares

इटहरी । इटहरीमा आयोजना भैरहेको ‘मिसेस पुर्बेली आईकन–२०२४’को फोटोसुट तथा भिडियोसुट सम्पन्न भएको छ । अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ गते इटहरीमा यसको ग्राण्ड फिनाले आयोजना गर्ने योजना आयोजकले बनाएको छ । विवाहित महिलाहरुको व्यक्तित्व, सीप, र बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य प्रदर्शनमा मात्र सीमित नरहेर, विवाहित महिलाहरुको सशक्तीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको आयोजक संस्था ओपन स्पेसका निर्देशक सरोज श्रेष्ठले बताए ।

आयोजकले यसलाई विवाहित महिलाहरुका लागि आत्मविश्वास बढाउने, आत्मबल निर्माण गर्ने र महिलाहरुको समाजमा योगदान अभिवृद्धि गराउने एउटा अद्वितीय प्लेटफर्मको रुपमा प्रस्तुत गरेका छन् । यो प्रतियोगितामा ८ जना विवाहित महिलाहरु फाईनल प्रतिष्पर्धा गर्दैछन् । जसमा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट विवाहित महिलाहरु सहभागी भएका छन् । प्रतियोगिताका सहभागीहरुमा रुबिना श्रेष्ठ, सुस्मा बिस्ट, रेनुका श्रेष्ठ, सुनिता पुरी, मुना बजगाई, दिपिका भट्टराई, जिसिका सापकोटा, र रेस्मा आङदेम्बे लिम्बु रहेका छन् ।

यतिबेला यी प्रतिष्पर्धीहरुको भोटिङ प्रक्रिया पनि सुरु भइसकेको छ । भोट गर्नको लागी एभिन्टोजको वेबसाइट र मोबाइल एपमार्फत आफ्नो मन परेको प्रतिस्पर्धीलाई भोट दिन सकिनेछ । केहिअघि प्रतिष्पर्धी महिलाहरुको फोटोसुट र भिडियोसुट समेत सम्पन्न भैसकेको छ । आयोजकले प्रत्येक प्रतिस्पर्धीको छुट्टाछुट्टै प्रोफाइल भिडियो निर्माण गर्ने योजना बनाएका छन्, जहाँ उनीहरुले आफ्ना व्यक्तिगत जीवनका संघर्ष, उत्साह र अनुभवलाई सो भिडियो मार्फत प्रस्तुत गर्न सक्नेछन् । यी भिडियोहरुमा पारिवारिक सम्बन्धदेखि उनीहरुले भोगेका विभिन्न उतारचढावका कुरा समेत समेटिने निर्देशक श्रेष्ठले बताए ।

यस प्रतियोगितालाई अझ प्रतिस्पर्धी र ज्ञानवर्धक बनाउन आयोजकले सहभागी महिलाहरुलाई सौन्दर्यसँगै विभिन्न सीप विकास, व्यक्तित्व विकास र बौद्धिक क्षमताको वृद्धि गर्ने प्रशिक्षण प्रदान गरिरहेका छन् । र्याम्प वाल्क, आत्मविश्वास विकास र महिला सशक्तीकरण सम्बन्धी ज्ञानवर्धक तालिमहरु प्रदान गर्दै प्रतियोगिताको अन्तिम तयारीमा जुटिरहेका छन् ।

प्रतियोगिताका विजेताले ५० हजार नगद पुरस्कारका साथै अन्य थुप्रै आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । प्रतियोगिता मार्फत विजेताले आफूलाई मात्र नभएर समाजमा महिलाको स्थानलाई अझ सशक्त बनाउन भूमिका खेल्न सक्नेछन् ।कार्यक्रमका निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, फोटो र भिडियोग्राफीका लागि बज क्रीयसन र मिडिया संयोजक सुवास संकल्प श्रेष्ठ रहेका छन् ।

वि.सं.२०८१ भदौ २७ बिहीवार १३:५९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...