सुरेशकुमार पाण्डे, दाङ घोराही
‘रेश्मी आजैको फ्लाइटमा स्वदेश फर्किंदै छु ।’– प्रदिपले भिडियो कल गर्यो र आफ्नो श्रीमतीलाई भन्यो ।’– रेश्मी खुसिले गदगद भई ।
‘हजुरलाई स्वागत छ’–यत्ती मात्र भन्न सकी । लामो समयपछि प्रदिप घर आउँदै थियो ।
साथै दिदी भिनाजु र परिवारका सबैजनालाई पनि प्रदिप आफैले भिडियो कल गरेर जानकारी गरायो ।
प्रदिप घर आउने सुनेपछि सबैजना आफन्तीहरूमा खुसिको लहर नै थियो । साढे चार वर्षपछि प्रदिपको स्वदेश फर्किने जानकारीले सबै आफन्तहरूमा खुसि हुनु स्वभाबिक पनि थियो ।
‘भाई आफ्नो ख्याल राख्नु म हिँडे है ! केही समयपछि मेरो फ्लाइट उड्ने निश्चित छ ।’–उसले आफ्नो भाई जागेलाई पनि भन्यो । जागे मलेसियामै थियो ।
‘हस्, दाई म अहिले डिउटी मै छु । शुभयात्रा’–जागेले पनि यति भनेर फोन काट्यो ।
कुरा भएको केही घन्टापछि फेरि घरबाट फोन आयो । कहाँ पुग्यो भनेर फोन गरेर सोध्ने उद्धेश्यले परिवारले फोन गरे तर फोन उठेन ।
कयौं पटक फोन गरे तर, कसैको पनि फोन प्रदिपले नउठाएपछि सबै डराए । जहाज पनि नेपाल पुगेको दुइ घन्टा जति भइसकेको थियो ।
‘हेलो बाबु हजुरको दाईको फोन उठेन पत्ता गर्नु त त्यहाँ’– रेश्मीले जागेलाई फोन गरेर भनिन् ।
‘हस् भाउजु मैले पत्ता गरेर फेरि फोन गर्छु’– यत्ती भन्दै जागेले फोन काट्यो ।
‘भाउजु अब दाजु कहिल्यै आउँदैनन्, उनको हार्टअटेक भयो ।’– केही वेरपछि जागेले रेश्मीलाई भन्यो ।
वि.सं.२०८१ भदौ २९ शनिवार ०५:२८ मा प्रकाशित