back
CTIZAN AD

लघुकथा : परदेशी

वि.सं.२०८१ भदौ २९ शनिवार

918 

shares

सुरेशकुमार पाण्डे, दाङ घोराही

‘रेश्मी आजैको फ्लाइटमा स्वदेश फर्किंदै छु ।’– प्रदिपले भिडियो कल गर्यो र आफ्नो श्रीमतीलाई भन्यो ।’– रेश्मी खुसिले गदगद भई ।
‘हजुरलाई स्वागत छ’–यत्ती मात्र भन्न सकी । लामो समयपछि प्रदिप घर आउँदै थियो ।

साथै दिदी भिनाजु र परिवारका सबैजनालाई पनि प्रदिप आफैले भिडियो कल गरेर जानकारी गरायो ।

प्रदिप घर आउने सुनेपछि सबैजना आफन्तीहरूमा खुसिको लहर नै थियो । साढे चार वर्षपछि प्रदिपको स्वदेश फर्किने जानकारीले सबै आफन्तहरूमा खुसि हुनु स्वभाबिक पनि थियो ।

‘भाई आफ्नो ख्याल राख्नु म हिँडे है ! केही समयपछि मेरो फ्लाइट उड्ने निश्चित छ ।’–उसले आफ्नो भाई जागेलाई पनि भन्यो । जागे मलेसियामै थियो ।

‘हस्, दाई म अहिले डिउटी मै छु । शुभयात्रा’–जागेले पनि यति भनेर फोन काट्यो ।

कुरा भएको केही घन्टापछि फेरि घरबाट फोन आयो । कहाँ पुग्यो भनेर फोन गरेर सोध्ने उद्धेश्यले परिवारले फोन गरे तर फोन उठेन ।

कयौं पटक फोन गरे तर, कसैको पनि फोन प्रदिपले नउठाएपछि सबै डराए । जहाज पनि नेपाल पुगेको दुइ घन्टा जति भइसकेको थियो ।

‘हेलो बाबु हजुरको दाईको फोन उठेन पत्ता गर्नु त त्यहाँ’– रेश्मीले जागेलाई फोन गरेर भनिन् ।

‘हस् भाउजु मैले पत्ता गरेर फेरि फोन गर्छु’– यत्ती भन्दै जागेले फोन काट्यो ।

‘भाउजु अब दाजु कहिल्यै आउँदैनन्, उनको हार्टअटेक भयो ।’– केही वेरपछि जागेले रेश्मीलाई भन्यो ।

 

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:२८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...