back
CTIZAN AD

कविता : राष्ट्र चिन्तन

वि.सं.२०८१ भदौ २९ शनिवार

978 

shares

उत्तम विचार
नुवाकोट हाल काठमाडौं

वाद फेरिए तन्त्र छन् नयाँ
जप्न तम्सिए मन्त्र छन् नयाँ ।
चल्दछन् यहाँ नित्य उत्सव
देश भासियो उठ्छ के अब ।।१।

सुन्छ चोकमा भव्य भाषण
मर्छु भोकमा छैन रासन ।
बाँच्छ के अझै जिन्दगी मरी
देश भासियो उठ्छ के गरी ।।२।

छन् युवा सबै देश बाहिर
घाटझैँ भयो पूज्य मन्दिर ।
प्रेम भावना मासिँदै गयो
आज देशको दुर्दशा भयो ।।३।

लास उठ्न नै देख्छु मुस्किल
जम्छ आँसुको नेत्रमा झिल ।
काम खोज्नमै दक्षता भुल्यो
देश रित्तियो भ्रष्टले निल्यो ।।४।

विज्ञका कुरा सुन्छ को यहाँ
देश अग्लियोस् भन्छ को यहाँ ।
आसमा थियौँ बन्छ देश यो
स्वर्गझैँ थियो नर्कझैँ भयो ।।५।

छन्द : द्रुता वा सुन्दरी
गण : र य ज गु
गण सङ्केत : SlS lSS lSl S

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:२६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...