back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ २९ शनिवार

1.3K 

shares

सुधिर थापा, काभ्रे, हाल -काठमाडौं

रोएर भित्र हाँस्ने कुन् बाध्यता छ हाम्रो
संस्कार छैन आफ्नै खोजौँ कता छ हाम्रो

नेपाल देश हाम्रो गौरव छ हेर आफ्नै
पौरख गरेर बाँचौ जुन क्षमता छ हाम्रो

पाखा र छन् पखेरा लाली गुराँस फुल्ने
ढाकेर निर्झरीमा खुल्ने लता छ हाम्रो

आफ्नै छ मान ठूलो आफ्नै भएर सान
संसार जित्न सक्ने झन् वीरता छ हाम्रो

आफैँ बिकास गर्दै खोलेर मार्ग सारा
भूगर्भ भित्र खानी खोजौँ जता छ हाम्रो ।

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ़ऊल फ़ाइलातुन मफ़ऊल फ़ाइलातुन
वजन : २२१२ १२२ , २२१२ १२२

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:३० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...