back
CTIZAN AD

कविता : देशको वर्तमान अवस्था

वि.सं.२०८१ भदौ २९ शनिवार

1K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

दुर्दशा भयो,देश रित्तियो
शक्तिहीनको राज्य देखियो।
दक्ष शक्ति यो छैन देशमा
छन् सबै युवा ती बिदेशमा।।१

वृद्ध गाउँमा काल पर्खिदै
बस्दछन् यता आज झर्किदै।
ग्रस्त छन् यिनै ओखती कहाँ ?
गाउँमा मलामी न छन् यहाँ।।२

लाश हेर्छ यो पुत्रको पथ
घाटमा कहाँ चल्छ यो रथ?
तीनचार हप्ता कुरेपछि
बल्ल पुत्र आयो जुरेपछि।।३

राज्य नीति यस्तैछ देशको
रेमिट्यान्समात्रै विदेशको।
ल्याउने र मस्ती रमाउने
छन् युवा उता ती कमाउने।।४

रोक्नु पर्छ हाम्रा युवा यतै
रोजगार खोलून् जताततै।
खन्न जोत्न लागून् कुना कुना
देशमा झुलून् अन्नका मुना।।५

छन्द : द्रुता वा सुन्दरी
गण : र य ज गु
गण सङ्केत : SlS lSS lSl S
अभ्यास :प्रतिभा निकुञ्ज

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:३१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...