back
CTIZAN AD

कविता : हाला

वि.सं.२०८१ भदौ २९ शनिवार

1.1K 

shares

रामशरण न्यौपाने, भक्तपुर

सुके रक्त मासु रह्यो हाड छाला
बन्यो वृद्ध देही भयो मन्द चाला
अहो! जिन्दगीले बनायो निराला
भयो देहको प्राण नै धान्न हाला।।१

मुठी सास बाँकी उडी फुस्स जाला
हुरीमा झरीमा कहाँ बल्छ पाला?
ढले गिद्धले देहको शेष खाला
भयो देहको प्राण नै धान्न हाला।।२

बितेको पता हुन्नथ्यो रात भाँती
सँगै लुट्पुटिन्थे सयौँ रम्य साथी
बने सम्झनाका ती जङ्घार काला
भयो देहको प्राण नै धान्न हाला।।३

सबै सामु पर्दा डराएर लुक्थे
नमस्कार गर्दै सयौँबार झुक्थे
गरी फुर्ती बस्छन् रुझेका बिराला
भयो देहको प्राण नै धान्न हाला।।४

तमासा भयो जिन्दगी वृद्धलाई
मुठी सास जोगाउनै त्राहि! त्राहि!
न यो चाउरी जान्छ हालेर टाला
भयो देहको प्राण नै धान्न हाला।।५

न आफन्तले राख्दछन् सान मान
नपाइन्छ केही चपाएर खान
न भण्डार आफ्नो न भेटिन्छ ताला
भयो देहको प्राण नै धान्न हाला।।६

भएको छ आफ्नै झिनो देह भारी
बुढ्यौली कडा युद्ध गर्दैछ जारी
लुकी मृत्युले हान्नखोज्दै छ भाला
भयो देहको प्राण नै धान्न हाला।।७

छन्द : भुजङ्गप्रयात
गण : य य य य
गण सङ्केत : lSS lSS lSS lSS

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:३५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...