back
CTIZAN AD

कविता : काव्य रचूँ

वि.सं.२०८१ भदौ २९ शनिवार

1.1K 

shares

तारा बिष्ट छन्दार्पण
दाङ, हाल -मलेसिया

शुभ कार्य गरूँ सब जिल्ल परून्
जति जे म रचूँ सब रत्न बनून् ।
मनले जहिल्यै गृहकार्य गरूँ
प्रभु नाम जपूँ नव काव्य रचूँ ।।१

सबको मन चञ्चल देख्छु यता
पढ तोटकमा रचियो कविता ।
जन जीवनमा सुखसार थपूँ
प्रभु नाम जपूँ नव काव्य रचूँ ।।२

सुख दुःख दुवै छ र जीवनमा
दिन रात भए धरणी थलमा ।
कवि भै सब यी अनुभूति रचूँ
प्रभु नाम जपूँ नव काव्य रचूँ ।।३

रचना मनका दुखका सुखका
कति गर्नु कुरा ऋणका धनका ।
म त बालक भै रस रङ्ग छरूँ
प्रभु नाम जपूँ नव काव्य रचूँ ।।४

पल एक छ जीवनको मनुवा
कब ढल्छ मरी रुखझैँ भुइँमा ।
जग रोशन गर्न म जल्न सकूँ
प्रभु नाम जपूँ नव काव्य रचूँ ।।५

छन्द : तोटक
गण : स स स स
गण सङ्केत : lSS lSS lSS lSS
स्रोतः– स्वर्ण पाठशाला

 

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:३८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...