back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ २९ शनिवार

984 

shares

भूपाल अधिकारी, बिराटनगर

इन्साफ जहाँ धनमा बेचिन्छ कुरा बुझ्नू
लाचार त्यहाँ जिउँदै मारिन्छ कुरा बुझ्नू

ताकेर गरिबका झुपडी माथि जुनै बेला
आगाको निकै लप्का बर्सिन्छ कुरा बुझ्नू

निर्धक्क युधिष्ठिर जस्तै सत्य सधैँ बोले
निश्चित छ यहाँ जिब्रो काटिन्छ कुरा बुझ्नू

मारिन्छ जता सेता एकेक परेवा नै
सुख शान्ति त्यतै जहिल्यै भाँडिन्छ कुरा बुझ्नू

ऊ प्रेमको सागरमा किन डुब्छ फगत एक्लै
हर एक डुबेको चिज उत्रिन्छ कुरा बुझ्नू

बदलेर नरम बन्नुस् भेडाको भुवाजस्तै
थाहा छ कडा चिज नै भाँचिन्छ कुरा बुझ्नू

बहर : हजज मुसम्मन अखरब
अर्कान : मफ़ऊल मुफ़ाईलुन मफ़ऊल मुफ़ाईलुन
वजन : २२१ १२२२ २२१ १२२२

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:३९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...