back
CTIZAN AD

राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै

वि.सं.२०८१ भदौ ३१ सोमवार

1.3K 

shares

काठमाडौँ । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए । मञ्चन भोलीसम्म जारी रहने छ ।

वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले वरिष्ठ नाट्यकर्मी रिमालले मौलिक नाटकको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएको स्मरण गरे । उनले सञ्चारमाध्यम धेरै नभएको समयमा रिमालद्वारा स्वरवद्ध गीत नेपाली प्रसारणको इतिहाससँग जोडिने बताउनुभयो । उहाँले रिमालको सिर्जना अर्काइभमा सङ्ग्रह गर्नुपर्छ भने ।

प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले नेपाली रङ्गमञ्च विभिन्न कारणले शिथिल हँुदै गएको अहिलेको अवस्थामा महोत्सवले नाट्यकर्मीलाई केही ऊर्जा दिने विश्वास व्यक्त गरे । आगामी दिनमा प्रदेशस्तरीय महोत्सव पनि गरिने जानकारी दिँदै उनले मञ्चलाई सुहाउँदो नाटकमा अभिनय मौलिक, स्वाभाविक र जीवन्त हुनुपर्ने बताए ।

महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ

 

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:५० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...