back
CTIZAN AD

देवचुलीमा पलाष्टिकजन्य फूलगुच्छा र माला प्रयोगमा रोक

वि.सं.२०८१ भदौ ३१ सोमवार

1.4K 

shares

नवलपुर । देवचुली नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अबदेखि पलाष्टिकजन्य फूल गुच्छा तथा माला प्रयोग गर्न नपाइने भएको छ ।

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेका अनुसार नगरपालिकाले एक सूचना प्रकाशन गर्दै मुख्य चाडहरू विजया दशमी, दीपावली, छठ लगायत विभिन्न महोत्सव तथा समारोहका साथै पाहुनाको स्वागत एवम् बिदाइ कार्यक्रममा पलाष्टिकजन्य फूल गुच्छा, माला लगायतका सामाग्रीहरूको प्रयोग, आयत, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरेको छ ।

पलाष्टिक जन्य मालाको प्रयोगले वातावरणीय प्रदूषणका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने, स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने साथै ठुलो धनराशि बाहिरिने जस्ता समस्याहरू देखिने प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले जानकारी गराए । उनले नगर भित्रका कृषकहरूले उत्पादन गरेका सयपत्री, गोदावरी, मखमली लगायतका प्राकृतिक फूलहरू एवम् सो बाट बनेका मालाहरू मात्र प्रयोग गर्न अनुरोध गरे ।

अधिकृत शर्माले पलाष्टिकजन्य फूल तथा मालाहरू प्रयोग एवम् बिक्री वितरण गरेको पाइएमा उक्त सामानहरू नगरपालिकाबाट जफत हुने र कानुन अनुसार जरिवाना गरिने बताए ।

वि.सं.२०८१ भदौ ३१ सोमवार १३:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...