काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैँयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ८ सय ९० रुपैयाँमा किनबेच भएको छ भने हिजो एक हजार ९ सय पाँच रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०८१ असोज २ बुधवार १२:२६ मा प्रकाशित






























