back
CTIZAN AD

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना हुँदै

वि.सं.२०८१ असोज २ बुधवार

711 

shares

काठमाडौँ । काठमाडौं स्पाइकर्सले आसन्न “वात्सल्य एभरेस्ट महिला भलिबल लिग” अन्तर्गत आफ्नो टोलीको आगामी सिजनका लागि नयाँ प्रतिभाशाली खेलाडीहरूको छनोट गर्न विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रम भदौ ५ गते काठमाडौंको कभर्ड हलमा हुनेछ ।

काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत (सीओओ) सुदिक्षा अधिकारीको विशेष पहलमा यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । अधिकारीका अनुसार, “हाम्रो उद्देश्य आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरूलाई अवसर प्रदान गर्नु हो ।”

काठमाडौं स्पाइकर्सले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यस कार्यक्रमले युवा तथा उत्साही खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ ।

वि.सं.२०८१ असोज २ बुधवार १४:५२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...