back

प्रशोधन हुन नसक्दा फलामखानीका चिया उपभोगविहीन

वि.सं.२०८१ असोज २ बुधवार

306 

shares
NTC AD

पर्वत । सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ । पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका-६ फलामखानीमा लगाइएको चियाखेती उपभोगविहीन बनेको हो ।

डेढदशक अघि लगाइएको चियाखेती मौलाउँदै गएको भए पनि संरक्षण गर्ने, उत्पादन गर्ने र बिक्रीवितरण गरेर आम्दानी लिन स्थानीय गाउँपालिकाले चासो नदेखाउँदा अलपत्र बनेको हो ।

महाशिला गाउँपालिकाले हरेक वर्ष रु एक लाखका दरले विनियोजन गरी चियाखेती गरिएको ठाउँमा तारबार लगाउने र पशुपक्षी जानबाट रोकेपनि उत्पादित चिया टिप्ने, प्रशोधन गर्ने लगायतका काम गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । उनले स्थानीयको सहभागितामा चिया विकास समिति गठन गरेर अघि बढ्ने योजना बनाएको दाबी गरे ।

बर्सेनि चिया टिप्ने र प्रशोधन गरेर बिक्री गर्न सकेमा गाउँपालिकालाई ठूलो रकम आम्दानी हुने भए पनि यसतर्फ जनप्रतिनिधिको प्राथमिकता नपरेको स्थानीय बलबहादुर क्षेत्रीले बताए । साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चिया खेतीबाट वार्षिक रुपमा लाखौँको आम्दानी गर्न सकिने उनको भनाइ छ ।

झण्डै डेढदशक अघि लगाइएको चियाखेतीबाट पहिलो पटक दुई वर्षअघि १० किलो अर्गानिक हरियो चिया उत्पादन गरिएको भए पनि चियाको मुना टिप्ने र प्रशोधन गर्ने जनशक्ति नभएपछि पुनः अलपत्रजस्तै बनेको महाशिला गाउँपालिका–६ फलामखानीका वडाध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए ।

यहाँ ४० हजार भन्दाबढी चियाका बोट रहेका छन् । अधिकांश बोटबाट उत्पादन लिन सकिन्छ भने केही नयाँ बिरुवा रहेको विकले बताए । विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उतिवेला बीस हजार बिरुवा लगाइएकोमा पछि गाउँपालिकाले केही बिरुवा थप गरेर ४० हजार पु¥याएको थियो । पाँच वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थाले पनि उत्पादन गरेर आम्दानी गर्न भने नसकिएको विकले बताए ।

साविक फलामखानी गाविस– ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकोले यहाँ चिया खेतीको सम्भावना उच्च रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।

एक हजार आठ सय मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो । साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जिवित्तै रहेका थिए ।

अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेको भए पनि पर्याप्त बजेट र दक्षजनशक्ति नहुँदा समस्या भएको स्थानीय लक्ष्मण सुनारले बताए । उनले कुनै संस्था वा पालिकाले नै लगानी गरेर यसको उत्पादन र प्रशोधन गर्न सकेमा वार्षिक लाखौँ आम्दानी गर्न सकिने बताए ।

यहाँबाट टिपेर चिया विकास बोर्ड वा इलाम, झापासम्म पु¥याउन सक्ने हो भने आम्दानी र रोजगारी दुवै सिर्जना हुने उनको भनाइ छ । दुई वर्ष अघि गण्डकी प्रदेशवाट लक्षित कार्यक्रम अन्तर्गत विनियोजन भएको रु २० लाखबाट चियाबगानको संरक्षणका लागि तारजाली लगाउने, गोडमेल गर्ने र नर्सरी स्थापना गर्ने काम भएको भए पनि स्थानीयलाई चिया टिप्ने, प्रशोधन गर्ने तालिम वा कतैबाट तालिम प्राप्त जनशक्ति नियुक्त गर्न नसक्दा लाखाैँ मूल्य खेर फाल्नुपरेको स्थानीयको भनाइ छ ।फाइल फाेटाे

 

वि.सं.२०८१ असोज २ बुधवार १५:११ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...