back
CTIZAN AD

वीरेन्द्र-ऐश्वर्य उद्यानको पुनःनिर्माण सुरु

वि.सं.२०८१ असोज २ बुधवार

1K 

shares

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–१ पार्कमोडस्थित वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनः निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले उद्यानलाई नयाँ र आधुनिक शैलीमा पुनःनिर्माण सुरु गरेको हो ।

विसं २०८३ वैशाख १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड ६२ लाख ५० हजार उद्यान निर्माणका लागि नेशनल÷पवन जेभीसँग गत असार १७ गते ठेक्का सम्झौता भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

लामो समयदेखि अस्तव्यस्त बनेको सो उद्यानलाई नयाँ र आधुनिक शैलीमा पुनःनिर्माण गरी संरक्षण र पर्यटन प्रवर्द्धन गर्न थालिएको उपमहानगर प्रमखु गोपाल हमालले बताए । उपमहानगरले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको उनले जानकारी दिए ।

उपमहानगर प्रमखु हमालका अनुसार पार्क क्षेत्रमा खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमिङ पुल, ज्येष्ठ नागरिकले आराम गर्ने स्थान, युवाका लागि सांस्कृतिक क्षेत्र, किशोरकिशोरीका प्रतिभा देखाउन कार्यक्रमस्थल र उद्यानको बाहिरी क्षेत्रमा व्यापारिक प्रयोजनका लागि सटर निर्माण हुनेछन् ।

सटरमा स्थानीय संस्कृतिका पोसाक तथा सामान बिक्री गर्न सकिने भन्दै उपमहानगरले पार्क निर्माण गर्न रु ३५ करोड लागतको योजना बनाएको उनले जानकारी दिए ।

पहिलो चरणमा रु आठ करोड ६२ लाखका संरचना निर्माण गरिने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी सौरभ कलौनीले बताए । उनले वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडकसमेत निर्माण गर्न उक्त कम्पनीसँग सम्झौता भएको जानकारी दिए ।

उद्यान सञ्चालनमा आएसँगै स्थानीय पाँच सयबढी युवा व्यवसायमार्फत स्वरोजगार बन्न सक्ने उपमहानगर प्रमखु हमालले जानकारी दिए । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको स्थापना गरिएको थियो । विसं २०६२÷६३ को जनआन्दोलनपछि उक्त उद्यान जीर्ण बन्दै गएको थियो ।

वि.सं.२०८१ असोज २ बुधवार १६:०४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...