back

वीरेन्द्र-ऐश्वर्य उद्यानको पुनःनिर्माण सुरु

वि.सं.२०८१ असोज २ बुधवार

594 

shares
GLOBAL IME AD
NTC AD

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–१ पार्कमोडस्थित वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनः निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले उद्यानलाई नयाँ र आधुनिक शैलीमा पुनःनिर्माण सुरु गरेको हो ।

विसं २०८३ वैशाख १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड ६२ लाख ५० हजार उद्यान निर्माणका लागि नेशनल÷पवन जेभीसँग गत असार १७ गते ठेक्का सम्झौता भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

लामो समयदेखि अस्तव्यस्त बनेको सो उद्यानलाई नयाँ र आधुनिक शैलीमा पुनःनिर्माण गरी संरक्षण र पर्यटन प्रवर्द्धन गर्न थालिएको उपमहानगर प्रमखु गोपाल हमालले बताए । उपमहानगरले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको उनले जानकारी दिए ।

उपमहानगर प्रमखु हमालका अनुसार पार्क क्षेत्रमा खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमिङ पुल, ज्येष्ठ नागरिकले आराम गर्ने स्थान, युवाका लागि सांस्कृतिक क्षेत्र, किशोरकिशोरीका प्रतिभा देखाउन कार्यक्रमस्थल र उद्यानको बाहिरी क्षेत्रमा व्यापारिक प्रयोजनका लागि सटर निर्माण हुनेछन् ।

सटरमा स्थानीय संस्कृतिका पोसाक तथा सामान बिक्री गर्न सकिने भन्दै उपमहानगरले पार्क निर्माण गर्न रु ३५ करोड लागतको योजना बनाएको उनले जानकारी दिए ।

पहिलो चरणमा रु आठ करोड ६२ लाखका संरचना निर्माण गरिने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी सौरभ कलौनीले बताए । उनले वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडकसमेत निर्माण गर्न उक्त कम्पनीसँग सम्झौता भएको जानकारी दिए ।

उद्यान सञ्चालनमा आएसँगै स्थानीय पाँच सयबढी युवा व्यवसायमार्फत स्वरोजगार बन्न सक्ने उपमहानगर प्रमखु हमालले जानकारी दिए । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको स्थापना गरिएको थियो । विसं २०६२÷६३ को जनआन्दोलनपछि उक्त उद्यान जीर्ण बन्दै गएको थियो ।

वि.सं.२०८१ असोज २ बुधवार १६:०४ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...