back
CTIZAN AD

किन रोकीयो २०६९मा संविधान ? यसरी रोएका थिए धुरु धुरु नारायणकाजी

वि.सं.२०८१ असोज ३ बिहीवार

1.3K 

shares

कठमाडौं । २०६९ मा तयार भएको संविधान घोषणा हुन रोकीँदा नाराणकाजी धुरु धुरु रोएको खुलासा भएको छ । पत्रकार प्रशान्त लामिछानेले सामाजिक सञ्जालमा स्टाटस राखेर यस्को खुलासा गरेका हुन् । पत्रकार लामिछाने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचीव थिए ।

उनले आफ्नो फेसबुक अकाउन्टमा २०६९ जेठ १४ गते घटेका घटनाक्रमलाई विस्तृरुपमा उल्लेख गरेका छन् । उनले भनेका छन्, १४ जेठ २०६९ मा प्रधानमन्त्री निवास बालुवाटारमा बिहानैदेखि चहल पहल थियो । प्रधामन्त्री बाबुराम भट्टराई लगायत प्रमुख दलका नेता र सचिवालयका सदस्यहरु निकै ब्यस्त देखिन्थे । सायद कसैले सोचेका थिएनन्, संविधान आउँदैन भनेर । अन्तिमसम्मका घटनाक्रमहरु संविधानको नजिक थिए । तर एकाएक माहोल विग्रियो ।

संविधान सभामा के हुने हो भनेर कसैले आँकलन गर्न सक्ने स्थिति थिएन । सबै एक किसिमको अन्यौल र तनावमा थिए । बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भइरहेका थिए । विदेशी कुटनीतिकज्ञहरुले फोनबाट जिज्ञासा राखिरहेका थिए । दिउँसो करिव ९ बजे मोरो मोबाइलको घन्टी बज्यो । त्यो फोन नेपालबाट आफ्नो कार्यकाल सकेर फर्किन लागेका अमेरिकी राजदुत स्कटएच डेलिसीको थियो । उनी पनि के हुँदैछ भनेर जिज्ञासु थिए ।
भारतीय राजदूत, विदेश सचिव रन्जन मथाईको समेत चासो थियो ।

बालुवाटरका क्याविनेट कोठा, निलो बैठक, गोप्य बैठक कोठा र कम्प्युटर कोठामा शीर्ष नेताहरु पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा चहल पहल थियो। बिहान ९ बजेतिर क्याविनेट बस्ने कोठामा दलका शीर्ष नेताहरुको बैठक बस्यो। शीर्ष नेताको आफ्नै समूह थियो भने त्यो भन्दा मुनीका नेताको पनि छुट्टाछुट्टै बैठक बसिरहेका थिए । दृष्यहरु रोचक थिए । तर सबैको अनुहारमा एक किसिमको अन्यौल थियो– अब के हुने हो ? ‘के हुँदै छ ?’ बाहिरबाट मिडिया र कुटनीतिक नियोगका अधिकारीहरुले फोनको घन्टी बजाइरहे । यो सवाल सोध्नेहरु धेरै पार्टी कार्यकर्ता ता समेत थिए । प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट छिर्ने वित्तिकै हेलिप्याड आउँछ । त्यहाँ अघिपछि भन्दा ठूलो संख्यामा सञ्चारकर्मी जम्मा भएका थिए । बैठकको निष्कर्ष कुर्दै सञ्चारकर्मी साथीहरु फुटबल खेलिरहेका थिए । अपरान्ह तीन बजेसम्म बालुवाटारमा यसरी नै बालुवाटरमा बैठक चल्यो । त्यो बैठक दलहरुलाई कहीँ कतै मिलाउन भने सकेन। बैठक पुन सिंहदरबारमा सर्यो ।

बालुवाटार बैठक सकिएपछि एमाओवादी नेता तथा तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मिडिया समक्ष आँसु झार्दै कुरा गरे । बिहानको सूर्योदयले दिनको संकेत गर्छ भने जस्तै त्यसले अब संविधान आउँदैन भन्ने स्पष्ट संकेत गरेको थियो ।

सिंहदरवारमा सभामुखको कार्यकक्षमा बैठक सुरु भयो । बैठकमा कांग्रेस नेता शेरबहादुर देउवाले संकटकाल लगाएर भए पनि संविधान जारी गुर्न पर्ने मत राखे । त्यसमा एमाले अध्यक्ष केपी ओली र कांग्रेसका अन्य नेताको ठाडै अस्वीकार गरिदिए । आक्कलझुक्कल मात्र बैठकमा देखिने ओलीले देउवाको प्रस्तावलाई उखानटुक्का हालेरै अस्वीकार गरिदिए ।

झन्डै ६ घन्टासम्म नेताहरुबीच रस्साकस्सी चल्यो । नेताहरुको अनुहार मलिन थियो। अन्तिमसम्म सहमतिको पहल भैरहेको थियो । बैठकमा कांग्रेस महामन्त्री कृष्ण सिटौलाको भूमिका महत्वपूर्ण थियो। सिटौला केही दिनयता सबै राष्ट्रियदेखि अन्तराष्ट्रिय पक्षलाई मिलाउन चर्को दौडधुप गरिरहेका थिए । सभामुखको च्याम्बरको बैठक सकिँदा रातको करिब १० बजेको थियो ।

एमाओवादी नेता पोष्टवहादुर बोगटी (अहिले उनको निधन भैसकेको छ) बाहिर निस्कनासाथ धुपीको रुखमुनी सञ्चारकर्मीहरुबाट घेरिए । मिडियालाई प्रतिक्रिया दिँदै उनले दलहरुबीचको बैठक पूर्णरुपमा असफल भएको संकेत गरे ।

सभामुखको बैठक कक्षबाट निस्केका प्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार लगायत एकहुल नेताहरु संसद सचिवालयबाट करिब २०० मिटर पर रहेको प्रधानमन्त्री कार्यालय तिर सोझिए । दिनभरिदेखि अब के हुन्छ? भन्दै पछ्याइरहेका सञ्चारकर्मीहरु त्यतै लागे ।

फेरि बैठक प्रधानमन्त्री कार्यालयमा सुरु भयो । यतिखेर रातको करिब ११ बजेको थियो । त्यहाँ सत्तारुढ दलका नेताहरु मात्र थिए । कांग्रेस एमालेका नेताहरु सो बैठकमा थिएनन् । विशिष्ट व्यक्तिहरु भेट्ने बैठक कोठामा एमाओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई, गृहमन्त्री विजयकुमार गच्छेदार लगायत थिए ।

प्रधानमन्त्री–कार्यकक्षको दाहिने तर्फ रहेको यो कोठामा अब के गर्ने त भन्ने विषयमा नेताहरु घोत्लिन थाले । छालाले कभर गरेर बनाइएका कलात्मक कुर्सीमा बसेर नेताहरु गम्भीर छलफल गर्न थाले । नेताहरुको बैठक सकिना साथ हतारहतार मन्त्रिपरिषद बैठक बस्यो । सरकारसँग मिनेट–मिनेटको चाप थियो । मध्यरात हुनै लागेको र १२ बजेअघि नै कुनै निर्णय गर्नुपर्ने दवाबमा रहेका नेता–मन्त्रीहरु असिनपसिन थिए ।

मन्त्रपरिषद बैठक बसिरहेकै समयमा एमाले नेता माधव नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल लगायतका नेताहरु प्रधानमन्त्री कार्यालाय आइपुगे । एमाओवादी अध्यक्ष दाहालले ‘खै तपाइँहरुलाई त बोलाएका छैनौं त’ भन्ने जवाफ दिए । त्यसपछि उनीहरु फर्किए । रामचन्द्र पौडेलले त्यति बेला दुवै हात फिजाउँदै ’यहाँ हाम्रो बैठक होइन रे बोलाका पनि छैनन् रे’ दाहाल र प्रधानमन्त्री भट्टराईसँग जंगिदै बाहिरिएको दृश्य बडो रोचक देखियो ।

मन्त्रिपरिषद कार्यालयमा तत्काल महान्याधिवक्ता र कानुन सचिवलाई बोलाइयो । महान्याधिवक्ता मुक्ति प्रधान र कानुन सचिव भेषराज भुसाल प्रम कार्यालय तत्कालै आइपुगे ! उनीहरुले राष्ट्रपतिलाई बुझाउने कानुनी भाषाशैलीको पत्र तयार पारे । ‘अब के हुनेभयो ?’ भन्ने सवालका एसएमएस र फोनहरु निरन्तर आइरहेका थिए । व्यस्थतताका कारण सबैलाई रेस्पोन्स गर्न सकिरहेको थिइनँ । त्यसै कारण कतिपय मित्रहरुले तितो पोखे ।

यसैबीच प्रधानमन्त्री सहितको टोली सिधै सिँहदरबारबाट शीतलनिवासतिर हुँइकियो । उसै त प्रधानमन्त्रीको कारगेडको आफ्नै गति हुन्छ । त्यसमा पनि त्यो दिन सिंहदरबारदेखि शीतलनिवास पुग्दाको स्पिड अहिले पनि स्मरणीय छ । प्रधानमन्त्रीलाई १२ बज्नुअघि त्यहाँ पुग्नुपर्ने समयको दबाब थियो । प्रधानमन्त्री भट्टराईले संविधानसभा भंगहुन भन्दा केही मिनेट अघि नै राष्ट्रपति डा.रामवरण यादवलाई शीतल निवासमा त्यो पत्र बुझाए । पत्रको सार यस्तो थियो, ‘अर्को संविधान सभाको निर्वाचन २०६९ मंसिर ७ गते बिहीबार हुनेछ ।’

राष्ट्रपति रामबरण यादव शीतल निवासमा कुरिरहेका थिए । उनका कानुनी सल्लाहकार ललित बस्नेत सँगै थिए। प्रधानमन्त्रीलाई लिन लिफ्टसम्म उनै बस्नेत आए । राष्ट्रपति यादवले पनि संविधान आउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले केहि कुराहरू प्रमलाई भने। ति विषय पछि उल्लेख गरौँला । प्रधानमन्त्री भट्टराई बालुवाटार फर्किंदा घन्टाघरको घडीमा १२ बज्यो । कानुनअनुसार संविधान सभा बिघटन भयो ।

वि.सं.२०८१ असोज ३ बिहीवार १४:२६ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...