back
CTIZAN AD

मालीको राजधानीेमा भएको जिहादी आक्रमणमा ७७ को मृत्यु 

वि.सं.२०८१ असोज ४ शुक्रवार

696 

shares
बामाको ।  मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन्। पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो।
मृतकको सङ्ख्या लगभग एक सय पुगेको र ८१ जनाको नाम सूचीकृत गरेको एउटा प्रमाणित गोप्य आधिकारिक दस्तावेजले जनाएको छ ।बिहीबारको ले सोइर दैनिकले त्यस दिन करिब ५० जना सैनिक प्रहरी विद्यार्थीको अन्त्येष्टि गरिने जनाएको छ ।
मालीको सैनिक नेतृत्वले अहिलेसम्म भएको आक्रमणमा मारिनेको स्पष्ट सङ्ख्या सार्वजनिक गरेको छैन। यो आक्रमणको दाबी अल–कायदा सम्बद्ध समूह ग्रुप टु सपोर्ट इस्लाम एन्ड मुस्लिम्स (जेएनआइएम) ले गरेको छ ।
विशेषज्ञहरूका अनुसार यो आक्रमण वर्षौंमा आफ्नो प्रकारको पहिलो थियो र यसले सत्तारूढ जुन्टालाई निकै ठूलो धक्का पुर्याएको छ।
मालीको केही भागमा करिब दैनिक रूपमा हुने यस्ता किसिमको आक्रमणबाट राजधानी बामाको सामान्यतया जोगिने गरेको छ ।
जनरल स्टाफले मङ्गलबार राति विशेषगरी सैन्य प्रहरी केन्द्रका कर्मचारीहरूको जीवन क्षति भएको स्वीकार गरेको छ ।
जेएनआइएमले रुसी अर्धसैनिक समूह वाग्नरका सदस्यसमेत संलग्न रहेका उसका केही दर्जन लडाकूहरूले विरोधी पङ्क्तिका ‘सयौँ’ मानिसलाई मारेको र घाइते बनाएको दाबी गरेको छ ।
यो हमला जुन्टा नेतृत्वको माली, नाइजर र बुर्किना फासोले आफ्नो पृथक समूह अलायन्स अफ साहेल स्टेट्स (एइएस) को स्थापना गरेको एक वर्ष पूरा भएको दिनपछि भएको हो।
सन् २०२० देखि लगातार सैन्य विद्रोहपछि तीन वटै मुलुक सैन्य शासनको अधीनमा छन् र जनवरीमा उनीहरूले क्षेत्रीय ब्लक इसिओडब्लुएएससँगको सम्बन्ध तोड्ने घोषणा गरे ।
मालीलाईसनु २०१२ देखि अल–कायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न गुटहरूले ध्वस्त बनाएका छन् । एएफपी

वि.सं.२०८१ असोज ४ शुक्रवार ०९:०६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...