back
CTIZAN AD

नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट

वि.सं.२०८१ असोज ६ आइतवार

717 

shares

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले ¥याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् ।

नबिल बैंक र ¥याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र ¥याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले ¥याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने ¥याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । ¥याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

वि.सं.२०८१ असोज ६ आइतवार १०:३३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...