back
CTIZAN AD

अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

वि.सं.२०८१ असोज ६ आइतवार

804 

shares

काठमाडौँ । कपनको स्याल्पा गुम्बास्थित हिमालयन हेरिटेज रिट्रिटमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । ‘विश्वव्यापी शान्ति पर्व’ले विश्वव्यापी सद्भाव र अहिंसाको सशक्त सन्देशसहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको हो ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वव्यापी शान्ति अभयारण्य निर्माणका लागि सचेतना र समर्थन गर्न आयोजित कार्यक्रमले विश्वभरका शान्ति दुत, कूटनीतिज्ञ र सांस्कृतिक व्यक्तित्वहरुलाई एकै थलोमा सहभागी भएका थिए ।

कार्यक्रममा एकता र शान्तिको भावनालाई जोड दिने उद्देश्यले परम्परागत नेपाली नृत्य र नाट्य प्रस्तुतिसहित जीवन्त सांस्कृतिक प्रर्दशनहरु समेत प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा आध्यात्मिक गुरु श्याल्पा तेन्जिन रिन्पोछेले यस क्षणलाई सुपयोग गर्न र शान्तिलाई मौलिक जन्मसिद्ध अधिकारका रुपमा लिन आग्रह गरे । उनले शान्ति मानिको जन्मसिद्ध अधिकार भएको बताए ।

“हामी शान्तिलाई सामान्य रुपमा लिन्छौँ । एक पारस्परिक जिम्मेवार व्यक्तिको हैसियतमा हामी आफूलाई बुद्धिमान र परिष्कृत ठान्छौँ”, उनले भने, “यदि हामीले हरेक पल अर्को क्षण नभएको जस्तो गरी बाँच्ने प्रयास गरेनौ भने, हामीले शान्तिको वास्तविक अर्थ बुझेका छैनौ ।”

वि.सं.२०८१ असोज ६ आइतवार १६:४४ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...