back
CTIZAN AD

प्रेस काउन्सिलद्वारा पत्रकार प्रतीक्षा काफ्ले पुरस्कृत

वि.सं.२०८१ असोज ६ आइतवार

2.4K 

shares

काठमाडौँ । पत्रकारितामार्फत महिला सशक्तीकरणका लागि निरन्तर योगदान पु¥याए बापत प्रतिपत्र डटकमकी सञ्चालक तथा कान्तिपुरकर्मी प्रतीक्षा काफ्लेलाई सम्मान गरिएको छ ।

प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिक उत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित भव्य कार्यक्रमकाबिच काफ्लेलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको हो ।

काफ्लेलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ् र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नगरसहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

स्याङ्जाको पुतलीबजार-१, निवासी काफ्ले डेढ दशकदेखि पत्रकारिता पेसामा क्रियाशील छिन्। आँधीखोला एक्सप्रेसमा २०६७ सालदेखि पत्रकारिता सुरु गरेकी काफ्लेसँग अनलाइन खबर, रातोपाटी, एबिसी टेलिभिजन, काठमाडौँ पोस्ट, बुटवल दैनिक लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । काफ्ले एक दशक देखि भने कान्तिपुर पत्रिकामा सक्रिय छिन् ।

उनले मोफसलमा पत्रकारिता क्षेत्रमा चुनौती र विभिन्न सङ्घर्ष गरिरहेका महिलालाई प्रेस काउन्सिलले सम्मान गर्दा गौरवको अनुभूति भएको बताइन् ।

‘मोफसलमा पत्रकारिता गर्न चुनौतीपूर्ण छ । मैले गरेको सङ्घर्षलाई सम्मान गर्दा अझ मजबुत बन्न प्रेरणा मिलेको छ । अझ धेरै जिम्मेवारी थपिएको अनुभूति गरेकी छु’, काफ्ले भनिन्, ‘खोजमूलक पत्रकारितामा महिलाले गरेको सङ्घर्षलाई राज्यले बढाउँदै लैजानुपर्छ । महिलाको क्षमता राज्यले पहिचान गर्न सक्दा मुलुक विकासको अर्को गतिमा फड्को मारेको हुनेछ ।

पत्रकार काफ्लेलाई यसअघि प्रदेश सरकार, वालिङ नगरपालिका, नेपाल सरकारले आयोजना गरेको शिक्षा पत्रकारिता, सञ्चारीका समूह लगायतका पुरस्कारबाट सम्मानित भएको थिइन् ।

वि.सं.२०८१ असोज ६ आइतवार २१:०१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...