back
CTIZAN AD

डेनमार्कमा नेपाल दिवस तथा संविधान दिवस मनाइयो

वि.सं.२०८१ असोज ६ आइतवार

1.1K 

shares

प्रकाश ढकाल, कोपनहेगन । संविधान दिवस तथा नेपाल दिवसकोे अवसर पारेर नेपाली दुतावास डेनमार्कले कोपेनहेगनमा एक समारोहको आयोजना गरेको छ ।

समारोहमा डेनमार्कको विदेश मन्त्रालयका उच्च अधिकारीहरु, कोपेनहेगनमा महानगरका मेयर तथा डेनमार्कस्थित विभिन्न सत्तरी देशका राजदूत तथा दुतावासका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

डेनमार्कका लागि चीन, भारत, जर्मन लगायतका राजदूतहरुको उपस्थिति रहेको समारोहमा आउने अतिथि तथा विभिन्न देशमा कुटनीतिज्ञहरूलाई नेपाली दुतावासका कार्यवाहक राजदूत सावित्रा ओलीले तथा दुतावासका थर्ड सेक्रेटरी अमृत लोप्चनले स्वागत गरेका थिए ।
डेनमार्कमा रहेका नेपालीहरुको पनि उपस्थिती रहेको उक्त समारोहमा सहभागीहरुको लागि नेपाली संस्कृति झल्कने नृत्यहरू समेत प्रस्तुत गरिएको थियो ।

समारोहमा शुभकामना दिँदै नेपाली दूतावास डेनमार्कका कार्यवाहक राजदुत सावित्रा ओलीले सहभागी सबैलाई धन्यवाद दिँदै नेपालको पछिल्लो अवस्था बारे जानकारी दिएकी थिइन् । नेपाल देशले सबै देशहरूलाई मित्रवत व्यवहार गर्दै आफ्नो असंलग्न परराष्ट्र नीतिमा प्रतिवद्ध रहेको र भने पछिल्लो गठित नयाँ सरकारले नेपाली जनताको अधिकार तथा हितको पक्षमा तथा जनताको मौलिक हक तथा मानवअधिकारकोे पक्षका काम गरिरहेको पनि जानकारी दिइन् ।

नेपालको हाल स्थिर राजनीतिक अवस्थाबाट विदेश स्थित लगानीकर्ताले प्रत्यक्ष लाभ लिनसक्ने भएकोले लगानीका लागि समेत वहांले आग्रह समेत गरेका थिए । समारोहका डेनमार्कका स्थानीय व्यापारीहरुको पनि उपस्थिती रहेको थियो ।

वि.सं.२०८१ असोज ६ आइतवार २१:५२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...