back

आइसिसी विश्वकप क्रिकेट : तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित

वि.सं.२०८१ असोज ७ सोमवार

297 

shares
NTC AD

काठमाडौँ । क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो ।

त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।

हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।

यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।

 

वि.सं.२०८१ असोज ७ सोमवार ०८:५४ मा प्रकाशित

ADBL AD
मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक...

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा...

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै...

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि...

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना...

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका...